रसुवामा संबिधान दिवस

71548484_418830195431905_1782374117459099648_n

रसुवा, ०७६ असोज ३ गते । संबिधान दिवसको अवसरमा ०७६ असोज ३ गते रसुवाको सदरमुकाम धुन्चेमा नेपालको झण्डा फहराइएको छ । जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाले सदरमुकाम धुन्चेका विभिन्न ८ स्थानमा नेपालको झण्डा फहराएको हो ।70898607_418830275431897_7962277756513812480_o

धुन्चेको बिभिन्न ८ स्थानमा ५६ वटा नेपालको झण्डा फहराइएको गोसाइँकुण्ड गाउँपालिकाका प्रमुख कैसाङनुर्पू तामाङले बताए । उनले भने सदरमुकाम धुन्चेको बिभिन्न ८ स्थानमा ३/२.५ को झण्डा फहराएर संबिधान दिवस मनाउनुभयो ।

सदरमुकाम धुन्चेको पुरानो स्वागत गेट, गुम्बाको ठाडो बाटो, बालमन्दिर जाने बाटो, शिब मन्दिर, मिनिरल वाटर जाने घुम्ती, छाेर्तेन गुम्बा, जिल्ला प्रहरी कार्यालय जाने बाटो र जिल्ला प्रशासन कार्यालय जाने बाटोमा पनि नेपालको झण्डा फहराइएको थियो ।70898607_418830275431897_7962277756513812480_o

झण्डा फहराइनुले संबिधान दिवसलगायत अन्य बिशेष कार्यक्रममा पनि सन्देश दिनुका साथै सदरमुकाम धुन्चे बजारको शोभा र राष्ट्र प्रति माया सद्धभाव जगाउने समेत तामाङले बताए । नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानको जगमा जनताका प्रतिनिधिले बनाएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली सहितको संबिधान जारी भएको दिन मनाइने राष्ट्रिय उत्सवको दिवसलाई मौलिक बनाउन राष्ट्रिय झण्डालाई बिशेष महत्व दिइएको बताइएको छ । त्यसै गरी कालिका, उत्तरगयालगायत पाँचैवटा स्थानीय तहले पनि बिभिन्न सामाजिक संघसंघ संस्थाहरु, अधिकारकर्मीहरु विद्यार्थी, स्काउटलगायतको सहभागिता संविधान दिवस मनाएका छन् ।70944868_2820305634664794_5788850676389904384_n

Comments

comments