रसुवामा समानुपातिकको मतगणना सकियो

samanupatik

रसुवा, मंसिर २४ गते । हिमाली जिल्ला रसुवामा प्रतिनिधी सभा सदस्य तथा प्रदेश सभा निर्वाचनको समानुपातिकको पनि मतगणना सम्पन्न भयो । परिणाम अनुसार नेकपा एमालेले बढि मत प्राप्त गरेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार समानुपातिकको मत गणनाको परिणाम अनुसार नेकपा एमालेले प्रतिनिधी सभामा ७ हजार ८ सय २२ मत ल्याएको छ भने प्रदेश सभामा ६ हजार ९ सय १८ मत प्राप्त गरेको छ ।

नेपाली काँग्रसले प्रतिनिधी सभामा ६ हजार ५ सय ९७ मत र प्रदेश सभामा ४ हजार ७ सय ९६ मत प्राप्त गरेको छ । नयाँ शक्ति प्रतिनिधी सभामा ५ हजार ४ सय ९१ मत , प्रदेश सभामा ६ हजार १ सय २७ मत प्राप्त गरेको छ । त्यसैगरी नेकपा माओवादी केन्द्रले प्रतिनिधी सभामा १ हजार ८ सय २३ मत र प्रदेश सभामा २ हजार १ सय २९ मत प्राप्त गरेका छन् । मत गणना रातभरमा सकिने अनुमान गरिएको छ । त्यसैगरी विबेकशील साझा पार्टीले प्रतिनिधी सभामा ३ सय ४६ मत प्राप्त गरेको छ भने प्रदेश सभामा ३ सय ४२ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ ।

Comments

comments