रसुवामा स्वास्थ्यकर्मी सहित ३ जनामा कोरोना संक्रमण भेटियो

Corona Virus

रसुवा भदौ ८ गते । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमण तिब्र रुपमा फैलिरहेका बेला रसुवामा एक जना स्वास्थ्यकर्मी सहित ३ जनामा संक्रमण देखिएको छ ।
कालिका गाउँपालिका–५ जिविजिवेस्थित ग्रामीण अस्पतालमा कार्यरत २७ वर्षे एक महिला स्वास्थ्यकर्मीमा आइतबार संक्रमण पुष्टि भएको हो । उनी साउन ४ गते काठमाण्डौबाट अस्पताल आएका थिए । भदौ ४ गते ११ जनाको स्वाव संकलन गरिएकोमा अन्य १० जनाको भने रिपोर्ट नेगेटिभ आएको छ । राष्ट्रिय सरुवा रोग प्रयोगशाला टेकुमा गरिएको परीक्षणको क्रममा संक्रमण देखिएको स्वास्थ्य कार्यालय प्रमुख किरण श्रेष्ठले बताउनुभयो ।
उत्तरगया गाउँपालिकाको क्वारेन्टाइनमा रहेका एक पुरुष र एक महिलामा कोरोना संक्रमण देखिएको गाउँपालिकाका स्वास्थ्य प्रमुख रबिन्द्र ठकुरीले जानकारी निुभयो । संक्रमित हुनेमा उत्तरगया–४ का एक महिला र एक पुरुष हुन् । राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ भेटिएको हो । शुक्रवार ३० जनाको स्वाव संकलन गरिएकोमा उनीहरुमा संक्रमण देखिएको हो । बाँकी सबैको परीक्षणको नतिजा नेगेटिभ आएको थियो । संक्रमित महिला कतारबाट र पुरुष दुबईबाट आएर करिब २० दिनदेखि गाउँपालिकाले तोकेको क्वारेन्टाइनमा बसेका थिए । संक्रमितहरुको स्वस्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य प्रमुख ठकुरीले बताउनुभयो । संक्रमित दुवैजनालाई आइसोलेशन कक्षमा राखिएको छ ।

आईतबार मात्र जिवजिवेस्थित ग्रामिण अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना देखिएको थियो । संक्रमित स्वास्थ्यकर्मी विगत ३ महिनादेखि ग्रामीण अस्पतालमा कार्यरत छन् । हालसम्म जिल्लामा १७ जनामा कोरोना पुष्टि भएको छ । संक्रमित मध्ये १३ जना निको भएर घर फर्किसकेका छन् ।

Comments

comments