रसुवामा १६ औं निजामति सेवा दिवस २८ कर्मचारी सम्मानित

रसुवा,  ‘सक्षम निजामति प्रशासन, विकास, समृद्धि र सुशासन’ भन्ने मुल नाराका साथ रसुवामा पनि १६ औं निजामति सेवा दिवस सम्पन्न भयाे । दिवसकाे अवसरमा जिल्लामा वर्षभरि उत्कृष्ट सेवा गरेका विभिन्न कार्यालयका २८ कर्मचारी सम्मानित भएका छन् ।

सम्मानित हुनेमा कार्यालय सहयोगीदेखि नायब सुब्बासम्म रहेका छन् ।  जिल्लास्थित सरकारी कार्यालयका निजामति कर्मचारी, सुरक्षा निकायका प्रमुख, नागरिक समाज, पत्रकार, ट्रेड युनियनका प्रतिनिधिहरूको सहभागीतामा दिवस मनाएका हुन् ।  औपचारिक कार्यक्रम सुरु हुनु पूर्व सदरमुकाम धुन्चे बजारबाट समन्वय समितिको भवनसम्म प्रभातफेरि समेत आयोजना गरिएको थियो ।

Comments

comments