रसुवामा १ जना आइसोलेसनमा

Corona virus

दुइ मिहना अघि भारतबाट फर्किएका एक जना पुरुषलाई आएपछि रसुवामा आइसोलेसनमा राखेर उपचार सुरु गरिएको छ। बुधबार जिल्ला अस्पतालमा उनलाई औषधि दिएर घर पठाइए पनि ज्वरो नघटेपछि शुक्रबार बिरामीलाइ आइसोलेसनमा राखिएको हो।

सदरमुकाम धुन्चे स्थित महिला तथा बालबालिका कार्यालयमा निर्माण गरिएको आइसोलेसन कक्षमा राखिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयाे । पाँच दिनअघिदेखि ज्वरो आएको थियो। शुक्रबार पहिलो पटक १ जना आइसोलेसनमा बिरामी राखिएको जिल्ला अस्पताल रसुवाका मेडिकल सुपरिटेन्डेन्ट डा अनिलकुमार खरेलले जानकारी दिनुभयाे ।  मलेरिया, डेंगी, टाइफाइड लगायतका परीक्षण गरिएकोमा सबै नेगेटिभ आएको छ। ‘उनलाई कोरोनाको लक्षण देखिएको छैन’, उहाँले भन्नुभयाे ज्वरोमा सुधार नआएपछि स्वाब परीक्षण गर्न प्रयोगशाला पठाएका हौँ।’ स्वाब परीक्षणका लागि शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको मेडिकल सुपरिटेन्डेन्ट डा खरेलले जानकारी दिनुभयाे । जिल्लामा ५२ शैयाको आइसोलेसन सञ्चालनमा रहेको छ।  जिल्लामा पछिल्लो समय रसुवामा ज्वरोको बिरामी बढेका देखिएको छ। अहिले ज्वरो आउँदा आइसोलेसन तथा क्वारेन्टाइनमा बस्न पर्ने डरले स्वास्थ्य संस्था जाने दर घटेको स्वास्थ्यकर्मी भनाइ छ ।

Comments

comments