रसुवामा ५ गाउँपालिका बनाउन सिफारिस

14720411_1307562559274640_8520053547010502717_n

कालिकास्थान, रसुवा । रसुवा जिल्लालाई ५ गाउँपालिका क्षेत्र बनाउनको लागि सिफारिस गरिएको छ । विहीबार जिल्ला विकास समितिको कार्यालय, धुन्चेमा आयोजनामा भएको विशेष छलफलपछि रसुवा जिल्लाको भौगोलिक तथा प्राकृतिक स्रोत र जनसङ्ख्यालाई समेत मध्येनजर गरी सर्वसहमतिबाट सिमाङ्कन निर्धारण गरिएको सांसद् जनार्दन ढकालले बताउनुभयो ।

जिल्ला विकास समितिको कार्यालय, धुन्चेमा सिमाना निर्धारणको लागि भएको छलफलमा सांसद् जनार्दन ढकाल, सासंद् छोवाङ तेन्जित तामाङ, नेपाली काँग्रेसका सभापति पेम्वा छिरिङ तामाङ, नेकपा एमालेका अध्यक्ष कन्र्याल तामाङ, नेकपा माओवादी केन्द्रका अध्यक्ष इन्द्र गौतम, नयाँ शक्तिका संयोजक एवम् पूर्व सभासद् प्रेम तामाङ र अन्य दलका नेताहरु र स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डे सहभागी भएका थिए ।

जिल्लाबाट ५ गाउँपालिका बनाउनको लागि सिमाङ्कन निर्धारणसहितको प्रस्ताव अनुमोदन गर्नको लागि गाउँपालिका, नगरपालिका, विशेष स्वायक्त क्षेत्र सिमाङ्कन नामाङ्कन आयोगमा पठाइने स्थानीय विकास अधिकारी राजेन्द्रदेव पोण्डेले बताउनुभयो । स्रोतका आधारमा सिमांकन नभएको नामांकनका विषयमा पनि ध्यान नपुगेको जन गुनासा भने  आएका छन् ।

रसुवा जिल्लालाई निम्न ५ गाउँपालिका बनाउन प्रस्ताव गरिएको छ ।

१. गतलाङ्ग, गोल्जुङ्ग, चिलिमे, थुमन र हाकु- पार्बतीकुण्ड गाऊँपालिका,
केंद्र- गोल्जुङ्गबेसी र थाम्बुचेत
२. धुन्चे, स्याफ्रू, बृदिम, टिमुरे, लाङ्गटाङ्ग- गोसाईकुन्ड गाऊँपालिका ,
केंद्र- स्याफ्रूबेसी
३. धैबुङ्ग, राम्चे, लहरेको ८ नं वडा, भोर्ले को १,६,८,९ वडा- कलिका गाऊँपालिका, केंद्र- कालिकास्थान
४. यार्सा, सरमथली, र भोर्लेको २,३,४,५,७ वडा- नौकुण्ड गाऊँपालिका, केंद्र- पार्च्याङ्ग

 

५. लहरेपौवा ९, ८ वडा बाहेक, डाँडागाऊँ, ठुलोगाऊँ- उत्तरगया गाऊँपालिका, केंद्र- नौबीसे रपैरेबेसी

 

फोटो- सांसद् ढकालको फेसबुकबाट

Comments

comments