रसुवामा ५ वर्षमा चार हजार राहदानी बन्यो

PASSPORTNEPAL

रसुवा, मंसिर १२ – रसुवामा पाँच वर्षमा चार हजार भन्दा बढिले राहदानी वनाएका छन् । जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार २०६८ चैतदेखि २०७३ कात्तिक मसान्तसम्म चार हजार तीन सय १८ जनाले राहदानी वनाएका छन् ।

आर्थिक वर्ष २०६८/६९ मा दुई सय ६३, ०६९/७० मा आठ सय ९४, ०७०/७१ मा एक हजार ८८, ०७१/७२ मा एक हजार एक सय, ०७२/०७३ मा आठ सय ४४ र ०७३/७४ को पहिलो चार महिनामा एक सय २९ जनाले राहदानी वनाएका हुन् । चार महिनामा दुई सय छ वटा राहदानी काठमाडौंमा रहेको राहदानी विभागमा सिफारिस गरिएको छ ।

Comments

comments