रसुवामा आरडिटी रिपोर्ट पोजेटिभ, ८ जनाकाे स्वाब परीक्षण

Corona virus

काेराेना भइरस ( काेभिड १९ ) काे विश्व व्यापी प्रभाव परिरहेकाे समयमा  रसुवामा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ । शनिबार जिल्लाको नौकुण्ड गाउँपालिका र आमाछोदिङ्मो गाउँपालिकामा गरिएको छुट्टाछुट्टै परीक्षणमा सात जनामा आरडिटी परीक्षणमा रिपोर्ट पोजेटिभ भेटिएकाे  हो ।

उनीहरू एक महिना अघि काठमाण्डाैबाट अाएर र क्यारेन्टाइनमा नबसेकाहरू हुन् ।  नौकुण्ड गाउँपालिका वडा नं ६ सर्स्युमा तिन जना र आमाछोदिङ्मो गाउँपालिका ५ मा चार जना गरी ७ जना र धुन्चेमा अाइसाेलेसनमा रहेका १ जनाकाे रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख किरण श्रेष्ठले बताउनुभयाे ।

८ जना मध्ये ७ जना पुरुष र एक जना महिला रहेका छन । आरडिटी रिपोर्ट पोजेटिभ देखिएका मध्ये तिन जनालाई जिबजिबे ग्रामीण अस्पताल र चार जनालाई सदरमुकाम धुन्चेको आइसोलेसनमा राखिएको छ । नाैकुण्डका ३ जनकाे शानिबार साँझ  स्वाब संकलन गरी पिसिआरका लागि जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं पठाएकाे छ भने अन्यकाे अाइतबार पठाइएकाे छ ।

बुधबारदेखि रसुवामा सेल्फ क्वारेन्टाइनमा रहेकाहरुको आरडिटी परिक्षण सुरु गरिएको छ । जिल्लामा काठमाण्डौ, संखुवासभा, कैलाली र इलामबाट आएका ४ सय ४४ जना सेल्फ क्वारेन्टाइनमा रहेका छन् । जिल्लामा हालसम्म ४ सय ३७  जनाको आरडिटी परीक्षण भएको छ ।

Comments

comments