रसुवामा ९ जनामा कोरोनामा संक्रमण

Rapid-Corona-Test

रसुवा, असार १३ गते । शनिबार रसुवामा पहिलाे पटक काेराेना संक्रमण देखिएकाे छ । नेपालका ७७ जिल्लामा नै कोरोना संक्रमित भेटिएको छ । १७ जनाको पिसिआरको लागि पठाएकोमा ९ जनाको पोजेटिभ भेटिएको हो ।

कुवेत तथा भारतबाट आएर क्वारेन्टिनमा बसिरहेका उनीहरूलाई कोरोना पोजेटिभ अर्थात कोरोना भएको रिर्पोट आएको हो । जिल्लाको नौकुण्ड गाउँपालिकाका २२, २७, २३, २८, २२, २८, २२, २२, २३ वर्षीया महिला र १९ वर्षीय पुरुषमा कोरोना देखिएको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख किरण श्रेष्ठले जानकारी दिनुभयाे ।

106541092_270684464200754_752072645759085397_n
७६ जिल्लामा काेराेना भाइरस ( काेभिड-१९) संक्रमण भेटिएपनि रसुवामा भेटिएकाे थिएन । ०७७ असार १३ गते भएकाे परीक्षणमा  नौकुण्ड गाउँपालिका स्थित गौतमबुद्ध मावि क्वारेन्टाइनमा रहेका संक्रमित मध्ये ७ जना कुवेतबाट आएका थिए भने दुई जना भारतबाट आएकाे  जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भट्टराईले बताउँनुभयो । सवैजना क्वारेन्टाइनमै रहेका छन् । शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रसुवाका ८ महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्रमुख किरण श्रेष्ठले बताउनुभयो । जिल्लामै पहिलाे पटक काेराेना भाइरस ( काेभिड-१९) संक्रमण भेटिएकाे हाे ।

संक्रमण भेटिएकाहरू विमानस्थलबाट सिधै आएर क्वारेन्टिनमा बसेकाले सवैलाइ नआत्तिन नौकुण्ड गाउँपालिकाकी उपाध्यक्ष सिर्जना लामाले अनुराेध गर्नुभएकाे छ । उनीहरूकाे अवस्था भने सामान्य रहेकाे छ ।

Comments

comments