रसुवाली समाज युएइको अध्यक्षमा पाण्डे

uae

युएई । युएइमा रहेका रसुवालीहरुले रसुवाली समाज युएई गठन गरेका छन् । बैदेशिक रोजगारीको सिलशिलामा युएईका बिभिन्न क्षेत्रलाइ कर्मथलो बनाएका रसुवालीहरुबीच सुमधुर सम्बन्ध कायम गर्ने उद्धेश्यले  समाजको गठन गरिएको हो ।

युएइमा रहेका सबै रसुवालीलाइ एक ठाउमा जोड्ने प्रयास अनुरुप समाजको गठन भएको समाजका अध्यक्ष रामशरण पाण्डेले बताए । अप्ठ्यारोमा परेका रसुवालीलाइ सहयोग गर्ने, प्रवासमा रहेर पनि विभिन्न चाडपर्बहरु संगै मनाउने साथै आपसी हित र सहयोग आदान प्रदान गर्ने उद्धेस्यका साथ रसुवाली समाज युएई निर्माण गरिएको पाण्डेले जानकारी दिए ।

निर्बाचन समितिले फेब्रुअरी १६ शुक्रबारको दिन युएईको बरदुबईमा समाजको प्रथम अधिबेसन सम्पन्न गरेको छ । अधिबेशनले रामशरण पाण्डेको अध्यक्षतामा १५ सदस्सीय केन्द्रीय समिति सर्वसम्मत निर्वाचित गरेको हो । समाजको उपाध्यक्षमा सन्तोष बराल , महासचिवमा बिरमान थिङ्ग, सचिवमा बिनोद पौडेल, सह-सचिवमा कृष्ण राना, कोषाध्यक्षमा सुभद्रा अधिकारी, सह-कोषाध्यक्षमा तुलसी अधिकारी निर्वाचित भएका छन् । त्यसैगरी अधिवेसनले धुर्बप्रसाद अगस्ती, भीम थिङ्ग, रामचन्द्र अधिकारि, भरत तामाङ्ग, सागर पौडेल र ठाकुर रैलालाइ सदस्यमा निर्बाचित गरेको सचिव बिनोद पौडेल बताए  । अधिवेशन लगत्तै बसेको कार्यसमितीको पहिलो बैठकले बलराम न्यौपानेलाइ समाजको प्रमुख सल्लाहकारमा चयन गरेको छ ।

Comments

comments