रसुवा काँग्रेसमा पेम्पा प्यानल बिजयी

Ncp

धुन्चे, रसुवा
लामो बिबाद पछि अन्ततः दोस्रो चरणमा भएको निर्वाचनबाट नेपाली काँग्रेस रसुवाको निर्वाचनबाट पुर्व सभापति लामाकार्पु  प्यानलका पेम्पा तामाङले जितेको छ ।

सोमबार सदरमुकाम धुन्चेमा सम्पन्न निर्वाचनले लामाकर्पु पक्षधरका तर्फबाट सभापति पेम्पा तामाङको टिमले जितेको हो । महाधिबेशन प्रतिनिधीमा लामाकार्पु तामाङ ,प्रभात लामालाई, मंगल तामाङ श्याम गुरुङ, जनकजीवन उपाध्याय, बमबहादुर गुरुङ , नुर्पु तामाङ, देवकी रैला, शान्ता खडका, भोजबहादुर गुरुङ, पाटी सभापति पेम्बाछिरिङ तामङ रहेका छन् ।

नेपाली काग्रेस रसुवा जिल्ला अधिवेशन फागुन १७ गते सम्पन्न भएको छ।केन्द्रीय निर्वाचन समितिले माघ २५ गतेभित्र ७५ जिल्लामै अधिवेशन गरिसक्नुपर्ने निर्णय गरेको थियो।यद्यपि केही जिल्ला र रसुवामा तोकिएको मितिमा अधिवेशन गर्न सकेको थिएन।यसले जिल्लाको नेतृत्व गर्नेको क्षमतामा नै प्रश्न चिन्ह लागेको थियो।मुलत यस जिल्लामा दुई समूह देखिएको थियो।एउटा समूहको नेतृत्व लामा कार्पु तामाङले र अर्को समूहको नेतृत्व राजु तितुङले गरेका थिए।केही भने दुवै समूहमा थिएनन् ।

केन्द्रीय निर्वाचन समितिको निर्णय अनुसार माघ २५ गते जिल्ला अधिवेशन गर्नु पर्नेमा निवर्तमान सभापति लामाकार्पु तामाङले कार्यसमितिको निर्णय बेगर मनोमानी ढंगले माघ २२ गते कालिकास्थानमा गर्ने भनी आफ्ना केही समर्थकलाई लगाएर मञ्च तयार गर्दै एकपक्षी ढंगले अगाडि बढेपछि राजु तितुङको समूहले यश विरुद्ध केन्द्रीय निर्वाचन समितिमा उजुर गरि अन्ततः अधिवेशन सदरमुकाममा माघ २५ गते भएको थियो तर मत गणना हुदै गर्दा एकजना क्षेत्रीय प्रतिनिधले गन्दै गरेको मतपत्र च्यातिदिएपछि विवाद सिर्जना भयो र मध्यरातसम्म विवाद चुलिदै गएको अवस्थामा उतिनैखेर केन्द्रीय सभापति सुशील कोइरालाको निधन भएको खबर प्राप्तिले गर्दा अधिवेशन स्थगित गरि दुवै समूह राजधानीमै गएका थिए।अधिवेशन स्थगित पछि सहमतिबाट महाधिवेशन प्रतिनिधि र सभापति को बन्ने भनी दुई समुहबीच छलफल हुदा पद बाँडफाँटमा निश्कर्षमा पुग्न नसकेपछि केन्द्रीय निर्वाचन समितिले खटाएका निर्वाचन अधिकृत एनपी भूषालको सट्टा अधिवक्ता तेज रावललाई निर्वाचन अधिकृत बनाई जिल्लामा खटाएकोमा फागुन ९ देखि ११ गतेसम्म उनले पनि अधिवेशन गराउन सकेनन् र उनी केन्द्रमा फर्की गए।

अधिबेशन गर्न पुनः केन्द्रले तेज रावललाई नै निर्वाचन अधिकृत बनाएर अन्य तीनजना कानुन व्यावसायीहरु मतदान सहायक अधिकृतको रुपमा जिल्ला पठाएर फागुन १७ गते सुरक्षाकर्मीहरुको कडा घेराभित्र हिमालय स्प्रीङ मिनिरल वाटर फ्याक्ट्री धुन्चेको हातामा अधिवेशन गरिएको थियो।

Comments

comments