रसुवा जिल्ला खुला दिशा मुक्त हुँदै

Dandagaun khulla

रसुवा , पुस १३ गते । जिल्लामा सञ्चालित खुलादिसा मुक्त अभियान अनुरुप रसुवा जिल्ला खुला दिशामुक्त हुने भएको छ । हालै नौकुण्ड गाउँ पािलका घोषणा भएपछि जिल्ला नै सरसफाई युक्त जिल्ला घोषणा गर्न लागिएको हो ।

राष्ट्रिय सरसफाई गुरू योजना २०६८ को लक्ष्य अनुसार ०६८ जेठ सालमा रसुवामा जिल्ला स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समन्यव समिति गठन भएको थियो । समितिले ०६९ सालमा जिल्ला स्तरिय सरसफाई रणनीति योजना निर्माण भयो । योजना अनुसार जिल भर बिभिन्न क्रियाकलाप अघि बढाएर उत्तरी रसुवाका बृद्धिम र टिमुरेबाट खुल्ला दिसामुक्त घोषणा भएका थिए ।

सन् २०१६ सम्ममा रसुवा जिल्लालाई खुला दिसा मुक्त घोषणा गर्ने लक्ष्य राखेको भएपनि कार्यान्वयनमा समस्या आएकोले ‘एक घर एक शौचालय अभियान, स्वस्थ समाज निर्माणमा योगदान’ भन्ने नारा लिएको थियो । भूकम्प पछि आवास तथा शौचालन निर्माणले गति लिन नसकेपछि लामो समयदेखि घोषणा गर्न अड्किएको रसुवाको नौकुण्ड गाँउपालिका दिशामुक्त क्षेत्र घोषणा भएपछि जिल्ला पनि दिशामुक्त घोषणा हुने भएको छ ।

नौकुण्ड गाँउपालिका खुला दिशामुक्त क्षेत्र घोषणा भएसगै रसुवामा कायम रहेको सबै पाँच वटै गाँउपालिका खुला दिशामुक्त क्षेत्र घोषणा भएको कार्यक्रमका सम्पर्क ब्यक्ति एबम् जिविसका सूचना ,अनुशन्धान तथा प्रकाशन अधिकृत लीलानाथ नेपालले बताउनुभयो । नौकुण्ड गाँउपालिकाको केन्द्र रहेको स्थान वडा नं. ३ पारच्याङमा आयोजित कार्यक्रम तीन हजार ७६ घरधुरीको बसोबास रहेको गाँउपालिकाको सबै घरधुरीमा शौचालय निर्माण र प्रयोगमा आएकाले खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको जिल्ला समन्वय समिति रसुवाका प्रमुख कुलप्रसाद भट्टले जानकारी दिनुभएको छ । नेपाललाई यो अग्रेजी वर्ष्भित्र खुला दिशामुक्त क्षेत्र घोषणा गर्न सहयोग पु¥याउने उद्देश्यले रसुवाको सबै घरमा शौचालय निर्माणमा प्रोत्साहन जगाएर सरसफाई प्रति सचेत गराएर सकारात्मक सन्देश दिन सफल भएको जिसस रसुवाका प्रमुख भट्टले बताउनुभएको छ ।

कार्यक्रममा रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपालेले भूकम्पले क्षति पुगेका आवास पुर्न्निर्माण बाकी नै भएकाले अब नयाँ आवास निर्माणको क्रममा थप ब्यबस्थित सरसफाईको कार्यक्रम अगाडी बढ्ने विश्वास ब्यक्त गर्नुभएको छ । यस्तै, रसुवाका स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डेले यसअघि खुला दिशामुक्त क्षेत्र घोषणको लागी सामाजिक सस्थाहरुको भूमिका प्रभावकारी भएकाले आगामी दिनमा सस्था नभएपनि सरसफाईको अन्य मापदण्डको समेत कार्यान्वयन गराउनुपर्ने जिम्मेवारी स्थानीयतहमा आएको बताउनुभएको छ । नौकुण्ड गाँउपालिका अध्यक्ष नुर्वु स्याङ्बो घलेले खुला दिशामुक्त क्षेत्र घोषणा भएपनि त्यसलाई कार्यान्वयन गर्न आवश्यकता पर्ने पानीको अभाव चरम रहेकाले ब्यवस्थापनमा गाँउपालिका गम्भीर हुने बताउनुभएको छ ।

जिल्ला स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समन्यव समितिले गाउँ पालिकाहरुको अनुगमन गरी घोषणा सकिएपछि राष्ट्रिय स्तरको खानेपानी सरसफाई तथा स्वच्छता समन्यव समितिले जिल्लाको अनुगमन समेत गरेको छ । अब पुस १६ गते रसुवा जिल्लालाई खुला दिशा मुक्त घोषणा गर्ने तयारी भएको जिल्ला समन्व समितिका कार्यक्रम सम्पर्क ब्यक्ति नेपालले बताउनुभयो ।

अनुगमन गर्न आउनुभएका खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल राष्ट्रिय कार्यसमितिका सदस्य गौतमबुद्ध लामाले नौकुण्ड कालिका र उत्तरगया गाउँको कुना कुनासम्म शौचालय बनेको देखिएकोले जिल्लामा दिशा नदेखिने अवस्था रहेको बताउनुभयो । जिल्लामा युनिसेफ, युएन हेबिटाट लगायत जिल्लाका बिभिन्न सरकारी गैरसरकारी निकायर पत्रकारहरुले अनुगमन गरेका छन् । जिल्लाको सरसफाई अवस्था अनुगमनमा आउनुभएका युनिसेफका स्वास्थ्य सरसफाई बिज्ञ सिद्धि श्रेष्ठ ,युएन हेभिटाटका स्वास्थ्य तथा सरसफाई अधिकृत दुर्गा नेपाल, जिल्ला संयोजक शिबराज न्यौपाने, जिल्लाका सरकारी तथा गैरसरकारी निकाय जनप्रतिनधीहरु सहभागी छन् ।

जिल्लामा सवै सरोकारवालाहरू रहेर सरसफाई रणनीतिक योजना ०६९ तयार भएपनि जिम्मेबारी नलिने र स्रोत अभावले , भूकम्पका कारण पनि गाउँ घोषणा गर्न कार्यक्रम तालिकामा केही ढिलाई भए पनि जिल्ला घोषणा समयसीमा भित्र नै गर्न लागेको जिल्ला स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समन्यव समिति (डि–वास्सीसी) का कार्यक्रमका सम्पर्क ब्यक्ति एबम् जिविसका सूचना , अनुशन्धान तथा प्रकाशन अधिकृत लीलानाथ नेपालले बताउँनुभयो ।

 डाडागाउँ गाविस खुला दिा मुक्त हुँदाको तस्वीर

Comments

comments