रसुवा जिल्ला खुला दिसा मुक्त अभियानका चुनौति

Dipak lama

दिपक लामा

खानेपानी तथा सरसफाई मानव स्वास्थ्यका अतिरिक्त आत्मसम्मान र विकाससँग जोडिएको विषय हो । तसर्थ सरसफाई र स्वच्छ खानेपानीको पहुँच आधारभूत मानव अधिकार भएको तथ्यलाई अङ्गिकार गर्दै यसको महत्व, अवस्था, आवश्यकता र संवेदनशिलतालाई मध्ये नजर राखेर नेपाल सरकारले सरसफाई प्रवद्र्धन कार्यक्रमलाई तिब्रताका साथ अघि बढाइरहेको छ ।

सरसफाई गुरु योजना २०६८ ले राष्ट्रिय सरसफाई निर्देशन समिति, राष्ट्रिय सरसफाई समन्वय समिति तथा क्षेत्रीय, नगरपालिका, जिल्ला र गाउँ पालिका स्तरिय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिहरूलाई सरसफाई सम्बन्धि नीति निर्माण र समन्वयको जिम्मा सुम्पेको छ भने स्थानीय निकायहरूलाई सरसफाई कार्यक्रमको नेतृत्व प्रदान गरेको छ । हालसम्म देश भरी कयौं वडापालिका, गाउ पालिका, नगरपालिका तथा जिल्ला खुला दिसा मुक्त क्षेत्र घोषणा भै सकेका छन्  र कयौं वडा पालिका, गाउँ पालिका, नगरपालिका घोषणाका क्रममा रहेका छन । यसै क्रममा जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति रसुवा, खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय रसुवा तथा अन्य सरोकारवाला निकायको सहकार्यमा भने मिति २०७४ असार पहिलो हप्तामा रसुवा जिल्लाले भने सवै वडा, गाँउ पालिकालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने योजना तयार गरेको थियो ।

त्यसैगरी वग्मती अञ्चलको मध्ये धेरै जिल्लामा खुला दिसा मुक्त क्षेत्र घोषणा गरी सकेका छन् भने रसुवा जिल्ला भने घोषणा गर्न बाँकी छ । घोषणा गर्न बाँकी रहेको जिल्ला मध्ये रसुवा जिल्ला पनि एक हो । रसुवाका साविक हाकु, सरमथली गाविसमा केही घरधुरीका चर्पी बनाउने कार्य समय आवधी निर्माण गर्न नसकिएकाले जिल्लाको असार पहिलो हप्तामा खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रममा समेत प्रभावित हुने देखिन्छ । रसुवाका साविक हाकु, सरमथली, राम्चे गाविसमा केही घरधुरीले चर्पी निर्माण गर्न बाँकी रहेको साथ साथै बैशााख १२ गते गएको भूकम्प अगाडि खुला दिसामुक्त क्षेत्र घोषणा गरिसकेका साविकका यार्सा गाविसमा समेत भूकम्प पछि केही घरधुरीमा चर्पी निर्माण गर्न बाँकी रहेकोले जिल्लामा खुला दिसामुक्त क्षेत्र घोषणा गर्न कठिन भई जिल्लाले तोकिएकै समयमा खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रममा समेत प्रभावित हुन सक्नेछ ।

खुला दिसा मुक्त घोषणाको अवस्था :
१) रसुवा जिल्लामा भूकम्प अघि खुला दिसामुक्त घोषणा भएका गाविसहरूः बृद्धिम, यार्सा, धुन्चे र टिमुरे ।
२) चिलिमे, बृद्धिम, धुन्चे र टिमुरे गाविसमा सुधार भैसकेको र यार्सामा भने सुधार कार्य बाँकी रहेको छ ।
३) भूकम्प पछि खुला दिसा मुक्त घोषणा भएका गाविसहरूः डाँडागाउँ, ठूलोगाउँ, धैवुँङ, लहरेपौवा, स्याफ्रु, थुमन, गत्लाङ, लाङटाङ, भोर्ले र राम्चे साविक गाविसहरू ।
४) खुला दिसा मुक्त घोषणाका लागि बाँकी भएका गाविसहरू ः सरमथली, हाकु साविक गाविसहरू ।

खुला दिसा मुक्त खुला दिसा मुक्तघोषणामा गैर सरकारी संस्थाको भूमिका ः
रसुवामा केही वर्ष यता आएर खानेपानी तथा सरसफाईको बजेटमा सरकारी निकायले यति धेरै नछुटाएको देखिन्छ तर तोकिएकै मितिमा जिल्ला खुला दिशा मुक्त घोषणामा सरकारी निकायले पर्याप्तप्त बजेट छुट्टाउनु पर्दछ । जिल्ला खुला दिशा मुक्त घोषणा गर्न जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति रसुवाले भने साविकका गाविसहरूमा गैरसरकारी संघसंस्थाहरूलाई नै जिम्मेवारी दिदै हेर्दै बसेका छन ।
त्यसै गरी रसुवा गैरसरकारी संघ संस्थाहरूले पनि यस क्षेत्रमा निकै नै लगानी गरिसकेका छन । गैरसरकारी संघसंस्थाको पनि यो क्षेत्रमा काम कम र हल्ला बढी भएको छ । गैरसरकारी संघसंस्थाले जनतालाई प्रति घरधुरीमा एउटा चर्पीको पेन दिने जिल्ला खुला दिशा मुक्त घोषणा कार्यक्रम सफल पर्ने नाममा कुल बजेटमा २० प्रतिशत जनतालाई र ८० प्रतिशत वजेट गैरसरकारी संघ संस्थाका प्रशासनिकमा खर्च कै नाम आफै खार्चिने गरिएको छ । जिल्ला खुला दिशा मुक्त घोषणा कार्यक्रम समय अवाधिमा सम्पन्न गैरसरकारी संघसंस्थाको बजेट सरकारी निकायले One Door प्रणाली अन्तरगत वजेट खर्च गर्न नसक्दा गैरसरकारी संघसंस्थाले Duplication हुने सम्भावनाहरू पनि धेरै आएको छ ।

हाल रसुवामा जिल्ला खुला दिशा मुक्त घोषणा कार्यक्रम सफल गर्न सरकारलाई सहयोग गर्ने भनि जिल्लामा केही गैरसरकारी संघ संस्थाहरूले काम गरि रहेका छन । जस्तै मानेकोर सोसाईटी नेपाल, लाङटाङ क्षेत्र संरक्षण सरोकार समिति ल्याकोष, नेपाल रेडक्रस सोसाईटी, रसुवा र सुआहारा कार्यक्रम सिड्स नेपालले काम गरिरहेका छन् । तसर्थ जिल्ला खुला दिसा मुक्त घोषणा कार्यक्रममा मानेकोर सोसाईटी नेपाल धुञ्चेले Save The Children को सहयोगमा साविकका ४ गाविस थुमन, स्याफ्रु, बृद्धिम, गोल्जुङ लिएका छन । लाङटाङ क्षेत्र संरक्षण सरोकार समिति ल्याकोषले भने Acf र UN Habitats को सहयोगमा साविकका १० गाविस डाँडागाँउ, ठूलोगाँउ, लहरेपौवा, धैवुङ, सरमथली, स्याफ्रु, गत्लाङ, लाङटाङ, हाकु, टिमुरे लिएका छन् । त्यस्तै नेपाल रेडक्रस सोसाईटीले भने साविकका ७ गाविस डाँडागाँउ, ठूलोगाँउ, लहरेपौवा, धैबुङ, भोर्ले, यार्सामा खुला दिसामुक्त क्षेत्रमा काम गर्ने जिम्मेवारी लिएका छन । अन्य मानेकोर सोसाईटी नेपाल, लाङटाङ क्षेत्र संरक्षण सरोकार समिति ल्याकोषले केही हत सम्म काम गरिरहेको भए पनि साविकका ७ गाविसमा काम गर्ने जिम्मेवारी लिएका सेवा नै धर्म हो भन्ने नेपाल रेडक्रस सोसाईटीले भने जिम्मेवारी लिएर जनतालाई चर्पी निर्माणको समाग्री उपलब्ध गराउने भनिए पनि जनतालाई चर्पी निर्माणको सामाग्री उपलब्ध नगराउदाँ सरमथली र यार्साका जनता आफै चर्पी निर्माण गर्ने कि रेडक्रसले सामान उपलब्ध गरिए पछि चर्पी बनाउने अन्योलमा चर्पीको खल्डो खनी तयार अवस्थामा बसेका छन् । सरमथली र यार्साका जनता भने नेपाल रेडक्रसले चर्पी निर्माण गर्ने समाग्री दिने हो कि नदिने हो, रेडक्रसबाट स्पष्ट जवाफ नआएकोले अन्योलमा बस्नु परेको र सवै गाविसले खुला दिसा मुक्त घोषणा भए पनि आफ्नो गाँउ ठाँउलाई समयमा खुला दिसा मुक्त घोषणा बदनाम हुने अवस्था आउन लागेको बताउनुहुन्छ स्थानीयबासी ।

रसुवा जिल्लामा खुला दिसा मुक्त खुला दिसा मुक्त घोषणाको लक्ष्य :
जिल्ला समन्वय समिति र खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालयको अगुवाईमा युएनहेवीटेट्मार्फत विश्व सरसफाइ कोष (जिएसएफ) को आर्थिक सहयोगमा इकार्डस नेपाल र ल्याकोस रसुवाको सहकार्यमा रसुवा जिल्लाका १८ गाविस मध्ये १० वटा साविकका गाविसहरूमा खुला दिसा मुक्त अभियान चलिरहेको छ । हालसम्म १० वटा मध्ये ७ वटा गाविस खुला दिसा मुक्त घोषणा भैसकेका र २ वटा गाविसहरू खुला दिसा मुक्त अभियानमा रहेका छन ।

बैशाख १२ गतेको भूकम्पका कारण जनताका घर पुनःनिर्माणमा समय वितिरहदाँ, बैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनले समेत रसुवा जिल्लालाई असार पहिलो हप्तामा खुला दिसा मुक्त घोषणा गर्ने लक्ष्य प्रभावित भएको हो । तर पनि खुला दिसा मुक्त घोषाण गर्न सरकारलाई सहयोग गर्ने जिम्मेवारी लिने संघसंस्थाले पनि समयमा कार्यक्रम गरि नदिदाँ जिल्लाले असार पहिलो हप्तामा खुला दिसा मुक्त घोषणा गर्ने लक्ष्य पुरा नहुने देखिन्छ ।

खुला दिसा मुक्तखुला दिसा मुक्त घोषाणका चुनौती
जिल्लामा खुला दिसा मुक्त खुला दिसा मुक्तघोषणा गर्न नसक्नुका मुख्य चुनौति भनेको बैषाख १२ गते गएको भूकम्पका कारण जनताका घर पूनः निर्माण गर्न नसक्नु नै हो ।  भूकम्प प्रभावित जनताले २ वर्ष विति सक्दा पनि घर पुनःनिर्माण गर्न नसक्नुले समयमा नै खुला दिसा मुक्त घोषणा गर्न कठिन हुने देखिन्छ । जनताले घर निर्माण गर्न नसकिन्दा चर्पी समेत निर्माण नहुने भएकोले असार पहिलो हप्तामा जिल्ला खुला दिशा मक्त क्षेत्र घोषणा गर्ने कार्य तालिका प्रभावित हुने देखिन्छ । तसर्थ हाम्रो जिल्लाले गर्दा राष्ट्रिय रुपमै २०१७ मा देशलाई खुला दिसा मुक्त घोषणा गर्ने कार्यक्रमलाई समेत असर पर्ने प्रवल सम्भवना छ ।

घोषणा गर्न सहयोग गर्ने जिम्मेवारी लिएका नेपाल रेडक्रस सोसाईटी, रसुवाले जिल्लाको साविक ७ गाविसमा चर्पी निर्माणका समाग्री दिन्छु भनेर जनताले चर्पीको सेप्टी टेन्ङ्की खल्डो निर्माण गरि सके पनि सामान उपलब्ध नगराउनुले समयमा खुला दिसा मुक्त घोषणालाई प्रभावित भएको छ । सरकार खुला दिसा मुक्त घोषणा कार्यक्रममा एनजिओ आईएनजिओको मुख हेरेर मात्र बासि रहेकोले रसुवामा जनतालाई खाली एनजिओ आईएनजिओको भरमा मात्र बस्नु परेकोछ । बैषाख ३१ गतेको स्थानीय तहको निर्वाचनले गर्दा निर्वाचन आचारसंहिताले गर्दा पनि एक माहिनासम्म कुनै संघसंस्थाले निर्माणका कार्यक्रम गर्न नपाउदाँ पनि कार्यक्रम प्रभावित भएको छ ।

खुला दिसा मुक्त घोषाण र पूर्ण सरसफाई

हतार हतारमा र जोडतोडका साथ चर्पी निर्माण गरिनुलाई मात्र पूर्ण सरसफाई भनिनु हुँदैन । सफा चर्पीको नियमित र उचित व्यवस्थापन, प्रयोग, साबुन पानीले हातधुने लगायत सरसफाई र स्वच्छता अन्य स्वस्थ्यकर बानी व्यहोराको विकास भई समाजको सम्पूर्ण वातावरणमा दिगो सरसफाई सुनिश्चितता हुनु नै पूर्ण सरसफाई हो ।

चर्पी निर्माण पश्चात चर्पीको समुचित व्यवस्थापन, मर्मत सम्भार र प्रयोग गर्ने वानीको विकास बाहेक चर्पीको प्रयोग पछि सावुन पानीले हातधुने बानी बसाल्नु उत्तिकै जरुरी छ । यसका अतिरीक्त सवैले सुरक्षित पिउने पानी, सुरक्षित खाना खाने, घर आँगन सफा राख्ने अनि सवै मिलि टोल, गाउँको वातावरण नै सफा राखेमा मात्र पूर्ण सरसफाईबाट जनस्वास्थ्य प्रबद्र्धनमा पूर्ण रुपमा प्रतिफल प्राप्त गर्न सकिन्छ ।
सरसफाई कार्यक्रमले कालान्तरमा समुदायका सवै मानिसको स्वास्थ्यमा राम्रो होस, समुदायको वातावरण स्वच्छ, सफा होस र सवैको आर्थिकोपार्जन गर्ने अवसरहरू वृद्धि होस भन्ने मान्यता बोकेको हुन्छ । सरसफाई नितान्त रुपमा समुदायको सामुहिक जिम्मेवारी हो तसर्थ कुनै बाहिरी संघ–संस्थाको सहयोग विना नै स्थानीय प्रयासमा सरसफाईमा दीगोपन कायम हुन सक्दछ ।
तर मानिसहरू खुला दिसा मुक्त घोषाणलाई चर्पी निर्माणलाई मात्र लिईरहेको छ तर चर्पी निर्माण गर्ने र वातावरण सरसफाई, व्यक्तिगत सरसफाईलाई ध्यानमा राख्नु पर्दछ । खुला दिसा मुक्तघोषाण गर्दा तलका सूचकहरू समेत हेर्नु पर्दछ ।

पूर्ण सरसफाईका सूचकहरू
१.चर्पीको प्रयोग
सबैले सधैं सुरक्षित चर्पीमा दिसा पिसाब गर्ने गरेको, चर्पीको सरसफाई नियमित गर्ने गरेको, चर्पीको लागि साबुन र पानीको व्यवस्था भएको

२. साबुन पानीले हात धुने बानी
चर्पीको प्रयोग पछि, खाना बनाउनु, खानु र खुवाउनु अघि र पछि कुनै फोहर कुरा र विषादी छोएपछि तथा गाईवस्तुको मलमुत्र व्यवस्थापन पछि विरामी तथा बच्चाको स्याहार गर्नु अघि र पछि

३. सुरक्षित पानीको प्रयोग
पानी प्रयोग गर्ने सबै भाँडा सफा राखेको, छोपेको इनार र ह्याण्ड पम्प र सुरक्षित मुहानको पानी खाने गरेको वा खानेपानी सुरक्षा योजना लागू भएको वितरण प्रणालीको पानी पिउने गरेको वा पानी असुरक्षित भए घरायसी तहमा पानीको शुद्धिकरण गरेर मात्र पिउने बानी भएको हुनु पर्दछ ।

४. सुरक्षित खानाको प्रयोग
पकाउने भाँडा, भान्सा सफा र सुरक्षित तथा खाना छोपेर राख्ने गरेको, खानेकुरालाई ७० डिग्री सेन्टिग्रड भन्दा माथिको तापक्रममा पकाएर खाने गरेको, खाने कुरा भण्डारण गर्नु परेमा ५ डिग्री सेन्टिग्रेड भन्दा कम तापक्रममा गर्ने गरेको अन्यथा बासी, सढेगलेको खानेकुरा नखाने गरेको, पकाएको र काँचो खानालाई भण्डारण गर्दा नमिसाउने गरेको, सुरक्षित पानी र खाद्यवस्तुको मात्र प्रयोग गरी स्वच्छ खानेकुरा बनाउने गरेको तथा काँचै खाने कुराहरू राम्रोसँग पखालेर खाने गरेको हुनु पर्छ ।

५.सफा घर आँगन
घर आँगनको सधैं सफाइ गर्ने गरेको, घरबाट निस्कने फोहरको र्बिगकरण तथा व्यवस्थापन गर्ने गरेको, घरबाट निस्कने फोहर पानीको उचित व्यवस्थापन गर्ने गरेको, पशु पन्छिका लागि छुट्टै टहरा र खोर बनाई तिनको मलमुत्रको व्यवस्थापन गर्ने गरेको, धुवाँ रहित भान्सा कोठा भएको हुनु पर्छ ।

६. वातावरणीय सरसफाई
खुलाखुला दिसा मुक्त अवस्था कायम भएको गाउँघर, सफा बाटो घाटो, चौतारा तथा अन्य सार्वजनिक स्थानहरू, संरक्षित पानीका मूहानहरू र वितरण प्रणाली, खानेपानी सुरक्षा योजना लागू भएको, सफा खोला, नदी नालाहरू, वायु प्रदुषण नभएको, फोहर मैलाको उचित व्यवस्थापन भएको, हरियाली वातावरण र पार्कको व्यवस्था भएको हुनु पर्छ ।

उपरोक्त अनुसारका सूचकहरूमा उल्लेख भए अनुसारको अवस्था हासिल हुने गरी पूर्ण सरसफाई वडा पालिका, गाँउ पालिका निर्माण गर्नको लागि निम्नानुसार ५ चरणका कार्यक्रमागत प्रक्रियाहरू अवलम्बन गरिन्छ ।
१.समूह निर्माण
वडा कार्यालय र वडा खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिसँग समन्वय गरी सरसफाई कार्यक्रममा समय दिन सक्ने, स्थाई रुपमा वडा र गाँउपालिकामा बस्ने र स्वयंसेवकको रुपमा खट्न सक्ने ५ जना पूर्ण सरसफाई प्रबद्र्धकहरूको टोली गठन गर्नु पर्दछ । यस्तो टोली बनाउँदा कम्तीमा १ जना शिक्षक तथा १ जना महिला स्वास्थ्य स्वयमसेविकालाई पनि समावेश गर्न सकेमा अझ बढी प्रभावकारी हुन्छ । सो टोलीलाई माथि उल्लेख गरिएका पूर्ण सरसफाइका ६ वटा सूचक मध्ये हरेक घरधुरीसँग सम्बन्धित सूचकहरू (सफा वातावरण बाहेक) मा एक जनालार्य एक विषयमा गहन रुपमा ज्ञान र सीप दिई सो विषयमा पोख्त बनाउने साथ–साथै सबैलाई वातावरणीय सरसफाइको विषयमा ज्ञान र सीप दिनुपर्दछ । यसरी उनीहरूले सो वडा तथा गाँउ पालिकामा विषयगत स्रोत व्यक्तिको रुपमा काम गर्ने छा । आवश्यकता अनुसार वडा तथा विद्यालयमा सो टोलीले यस्तै किसिमको समूह निर्माण गर्न सक्नेछ ।

२.अवस्था विश्लेषण र मूल्याकंन
पूर्ण सरसफाईका ६ वटै विषयमा वडा तथा गाउँपालिकाको अवस्था विश्लेषणका लागि माथि निर्माण गरिएको समूहको सक्रियतामा गाँउपालिकाका सम्पूर्ण वडाहरूमा केही ज्ञानकार मानिसहरूसँग छलफल राखी वडाको वस्तुस्थिति सङ्कलन गर्ने वा वडाका सबै वर्गहरूको प्रतिनिधित्व हुने गरी केही १० र २० प्रतिशत घरधुरीहरूको सर्वेक्षण गरी सरसफाईको अवस्थाबारे निस्कर्ष निकाल्नु पर्दछ । यसबाट गाँउपालिकको अवस्था विश्लेषण गर्न र थालनी गर्नुपर्ने कार्यको बारेमा रणनीति तयार गर्न सजिलो हुन्छ ।

३. प्रबद्र्धन
सरसफाई प्रबद्र्धन टोलीले गाँउपालिकामा विभिन्न प्रबद्र्धनात्मक क्रियाकलापहरू गरी गाउँपालिकालाई पूर्ण सरसफाई युक्त बनाउनको लागि काम गर्नेछ । सो टोलीले घरदैलो, नाटक, विभिन्न प्रतियोगिताहरू तथा अन्य उपायहरूको अवलम्बन गरी गाविसका सबैलाई पूर्ण सरसफाई प्राप्ति तर्फ डो¥याउने घरदैलो गर्दा घरको मुख्य ढोकामा एक प्रकारको निलो स्टिकर टाँसिनेछ । यस स्टिकरमा घरमा हुने पूर्ण सरसफाईका ५ सूचकहरू चर्पीको प्रयोग, साबुन पानीले हात धुने बानी, सुरक्षित पानी, सुरक्षित खाना र सफा घर आँगन अङ्कित हुनेछ । कुनै घरको ३ सूचकहरू ठीक भएमा ठीक भएको ठाउँमा ठीक चिन्ह प्राप्त गर्ने छ वा सो ठाउँमा हरियो रङ्गले भरिनेछ र बाँकी २ ठाउँमा खाली नै राखिनेछ । घरधुरीका साथसाथै वातावरणीय सरसफाई तथा संरक्षणमा पनि जोड दिनु पर्दछ ।

४. प्रमाणिकरण
सरसफाई प्रबद्र्धक टोलीले प्रबद्र्धनात्मक क्रियाकलापहरू गरिसकेपछि कुन कुन घरले सो अवलम्बन गरेको हो सो कुराको फेरी जाँच गर्नुपर्नेछ । यदि कुनै घरले पहिले लगाइएको निलो स्टिकरमा सबै ५ वटै सूचकहरूमा ठीक चिन्ह प्राप्त गरी सकेमा हरियो स्टिकर प्राप्त गर्ने छ । यसरी सरसफाई प्रबद्र्धक टोलीले कुनै पनि घरमा हरियो स्टिकर टाँसी प्रमाणिकरण गरेको छ भने सो घरको पूर्ण सरसफाई ठीक छ भनी ठहर गर्न सकिने छ ।

५. सम्मान तथा कदर
हरेक वडामा प्रमाणिकरण भैसकेका घरहरू मध्येबाट पूर्ण सरसफाईका ५ वटै सूचकहरूलाई आधार बनाई एक उत्कृष्ट घरलाई र वातावरणीय सरसफाई भएको एउटा वडालाई सम्मान गरिनेछ साथै कदर स्वरुप केही पुरस्कारको व्यवस्था गर्न सकिनेछ । यसका लागि सरसफाई प्रबद्र्धक टोलीले वातावरणीय सरसफाई भएको सबैभन्दा राम्रो ३ वटा वडा र प्रत्येक वडाबाट ३ वटा उत्कृष्ट घरहरूको छनौट गर्ने छ । वार्षिक रुपमा मनाइने राष्ट्रिय सरसफाई सप्ताह, विश्व वातावरण दिवस, विश्व हात धुने दिवस, विश्व पानी दिवस जस्ता राष्ट्रिय तथा विश्वव्यापी रुपमा मनाइने दिवसहरू हरेक वर्ष मनाइदै जानुपर्नेछ । यस्ता दिवस तथा कार्यक्रमले पूर्ण सरसफाई कार्यक्रमलाई पुनर्नताजगी गर्न सहयोग पु¥याउँदछन् ।

निश्र्कष
वाग्माती अञ्चलको मध्ये धेरै जिल्लामा खुला दिसामुक्त क्षेत्र घोषणा गरि सकेका छन भने रसुवा जिल्ला भने घोषणा गर्न बाँकी छ । जिल्लाको ०७४ असारको पहिलो हप्तामा खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रम तय गरेको छ । समयमा जिल्लाले खुला दिसामुक्त क्षेत्र घोषणा गर्न नसके रसुवा नेपालको तेस्रो पर्यटकीय क्षेत्र बदनाम हुने छ । रसुवा फोहोरी जिल्लाले परिचित हुनेछ । समयमा घोषणा गर्न नसक्दा यस क्षेत्रमा काम गर्ने कर्मचारी पनि धेरै दिन पाल्नु पर्ने हुन्छ । र पुनःनिर्माणको परिपे्रक्षमा भूकम्प प्रभावित घरधुरीले तेश्रो किस्ता रकम लिनलाई चर्पी हुनु पर्ने भएकोमा जनताले तेश्रो किस्ता रकम लिन बाधक हुने देखिन्छ । तसर्थ जिल्लालाई सफा र स्वाच्छ जिल्लामा परिचित हुने गरी सवै निकाय र व्यक्ति मिलेर समयमा खुला दिसा मुक्त घोषणा गर्न सहयोग गर्नु पर्दछ । सरकारले पनि बिभिन्न गैर सरकारी संस्थाहरूको मात्र मखु हेरेर बस्नेहोईन ? समुदायमा प्रेरित गरेर आनीबानी , ब्यवहार परिवर्तन प्रयास गरेमा वस्तविक रुपमा स्वच्छ तथा सफा गाउँघर रहने देखिन्छ अन्यथा यस अघि घोषणा भएका गाउँहरूका अवस्था पनि उस्तै भएको देखिन्छ । यसले हिड्दै छ फाईला मेट्दै छ भन्ने उखान चरितार्थ भएको देखिन्छ ।

लेखक रेडियो रसुवाका अध्यक्ष हुन् ।

Comments

comments