रसुवा , पन्ध्र महिनाभित्रका शतप्रतिशत बालबालिकाले पूर्ण रूपमा खोप पाएकोले रसुवा पनि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।
बालबालिकाले १५ महिनाभित्र पाउनुपर्ने ११ थरीका खोप पाएका कारण पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ । जिल्लाको गोसाँईकुण्ड गाउँपालिकाको केन्द्र स्याफ्रुमा एक कार्यक्रमकाबीच रसुवालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।
जिल्लाको पाँच ओटा गाउँपालिकालाई पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरेपछि जिल्लालाई शुक्रबार घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख शिवप्रसाद बडालले बताउँनुभयाे । बिहीबार आमाछोदिङ्मो गाउँपालिका र शुक्रबार गोसाँईकुण्ड गाउँपालिकालाई पूर्ण खोपयुक्त गाउँपालिका घाेषणा पछि रसुवालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको थियो ।
बाँकी तीन ओटा गाउँपालिकालाई भने यसअघि नै साविककाे गाविस र गाउँपालिका भएपछि घोषणा गरिएको थियो । जिल्लामा खोप प्राप्त बालबालिका शतप्रतिशत पुगेकाले स्वास्थ्य सेवा विभागको कार्यक्रम अनुरुप घाेषणा भएकाे हाे ।