रसुवा सहित सात जिल्ला कोरोना संक्रमण मुक्त

Rapid-Corona-Test

नेपालका सात जिल्ला कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा पाँच सय भन्दा बढी सङक्रमण भएका जिल्ला आठ वटा रहेका छन् । ती जिल्लामा मोरङ, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन र रुपन्देही छन् । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार सोलुखुम्बु, रसुवा, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला सङ्क्रमणमुक्त जिल्ला हुन् ।

कोरोना भाइरसबाट सोमबार एक हजार १५४ जना संक्रमित भएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले विगत २४ घण्टामा महिला ४१८ र पुरुष ७३६ जना रहेको जानकारी दिए। नौ हजार ५३३ जनाको पिसीआर परीक्षण गरिएको थियो । अहिलेसम्म ६५ हजार २७६ जनामा सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ६५ हजार २७६ पुगेको छ ।

देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा ९ हजार ५३३ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । हालसम्म ९ लाख २३ हजार ८२३ जनाको पीसीआर गरिएको छ ।

हालसम्म ४७ हजार २३८ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएको प्रवक्ता गौतमले बताए । पछिल्लो २४ घण्टामा १००५ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर १७ हजार ६११ जना सक्रिय सङ्क्रमित रहेका छन् । हाल ७ हजार ४०३ जना सङ्क्रमित क्वारेन्टिनमा रहेका छन् ।

Comments

comments