रसुवा ४३ औं साक्षर घोषणा

educated

रसुवा , माघ २९ गते । रसुवा जिल्लालाई ४३ औं साक्षर जिल्ला घोषणा भयो । धुन्चे स्थित बाल मन्दिरमा एक कार्यक्रमकाबीच प्रमुख अतिथि प्रतिनिधी सभा सदस्य मोहन आचार्यले साक्षर जिल्ला घोषणा गर्नुभएको हो ।

“संघीय नेपाल समृद्धिको आधार, स्तरीय शिक्षा सवैको अधिकार” भन्ने नाराका साथ भएको कार्यक्रममा प्रदेश सभा सदस्य प्रेम तामाङ, अनौपचारिक शिक्षा केन्द्रका उपनिर्देशक गुणराज पोखरेल, जिल्ला समन्वय समिति रसुवाका सभापति कुलप्रसाद भट्ट, कालिका गाउँ पालिका अध्यक्ष सिता अधिकारी, गोसाईकुण्ड गाउँ पालिका अध्यक्ष कैसाङनूर्पु तामाङ, उत्तरगया गाउँपािलका अध्यक्ष उपेन्द्रराज लम्साललगायतले आफ्नो धारणा राख्नुभएको थियो । सामूदायिक सिकाई केन्द्रहरुको प्रतिवेदनका आधारमा जिल्लाभरका १५ देखि ६० वर्षका नागरिक मध्ये ९६ दशमलव २९ प्रतिसत साक्षर देखिएकोले जिल्लालाई शाक्षर घोषणा गरिएको जिल्ला शिक्षा अधिकारी होमनाथ न्यौपानेले बताउनुभयो ।

कार्यक्रममा पाँचैवटा गाउँ पालिकाका अध्यक्षहरुले पाँच गाउँ पालिका अध्यक्षहरुले गाउँपालिका शाक्षर घोषणा गरेपछि जिल्लालाई समेत साक्षर घोषणा गरिएको थियो । कार्यक्रममा घोषणा कार्यक्रममा सहयोग पु¥याउने संघसंस्था, सरकारी निकाय, स्रोत ब्यक्ति र विद्यालयहरुलाई सम्मान गरिएको थियो । शाक्षर जिल्ला घोषणा कार्यक्रममा संचार माध्यमबाट योगदान गरेको भन्दै जिल्लाका पत्रकारहरुलाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो ।  गोरखापत्रका हेमनाथ खतिवडा, कान्तिपूरका बलराम घिमरे, राससका ज्ञानेन्द्र नाथ न्यौपाने, नागरिकका हिमनाथ देवकोटा, नयाँ पत्रिकाका अनु आचार्य, नेपाल टेलिभिजनका सुशील कोईराला, त्रिशूली प्रबाहका सरस्वती न्यौपाने , रेडियो रसुवा, रेडियो लाङटाङ, नेपाल पत्रकार महासंघ रसुवा शाखालाई समेत सम्मानीत गरिएको थियो ।

Comments

comments