राजु बरालको रहस्यमय मृत्यु, घटनाकाे उचित छानविन गर्न आफन्तको माग

Raju Baral

रसुवा, उत्तरगया गाउँपालिका–४ का २९ वर्षीय राजु बरालको मृत्युको रहस्यमय तवरले भएको भन्दै आफन्तहरुले निष्पक्ष छानविन गर्न माग गरेका छन् । गाउँपालिका कृषि शाखामा कार्यरत बराल सरकारी कार्यक्रमकै लागि सदरमुकामबाट फर्केकाे छोरो भेट्न नपाएको भन्दै मृतककी आमाले रुँदै भनीन् “मृत्यूको कारण पत्ता लगाउनु प¥यो । ”

 

०७७ असार २२ गते उत्तरगया गाउँपालिका–४ कर्मीडाडाँमा भएको आफन्त तथा परिवारद्धारा आयोजना भएको श्रदाञ्जली सभामा मृतकका पिता कृष्णबहादुर बिकले मोटर साइकल चढेर साथमा गएको साथीलाइ केही नहुने, बेहोस अवस्थामा बिरामी क्लिनिकमा लगेर स्लाइन लगाएपछि परिवारमा खबर आउनु र छोराको साथीहरूबाट अहिलेसम्म परिवारमा सान्त्वनापनि नपाउनु दुःखको कुरा भएको बताउनुभयो । मृतकका भाई जीतमान बिकले आफै लडेर बेहोस भएको भनिएको घटनाको घाइतेको शरिरमा कुनै चोटपटक नभएकोले आशंका गरिएको बताउँनुभयो ।
मृतक बराल प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको आलुजोनको जिल्ला स्तरिय कार्यक्रमका लागि स्थानीय  उत्तरगया गाउँपालिका -४ का वडा अध्यक्ष केशरबहादुर बुलुन सहित मोटरसाइकलमा ०७७ जेठ ३० गते धुन्चे पुगेका थिए । बेलुकी फर्कने क्रममा कालिका गाउँपालिका वडा नं २ को काभ्रेमा लडेर बेहोस भएपछि नजिकै क्लिनिकमा उनको उपचार प्रयास पछि काठमाण्डौ लगिएको थियो । अस्पतालले मस्तिष्क सुनिएको बताए पछि अप्रेसन भयो । ग्रिनसिटी अस्पतालमा उपचारकै क्रममा १४ गते उनको मृत्यू घोषणा भएको थियो । मृतकको अन्त्यष्ठि क्रिश्चियन परम्परा अनुसार उत्तरगया गाउँपालिकाको खाल्टेमा भएकाे थियाे ।

 

पाेष्टमार्टम रिपाेर्टका प्रतिक्षा गरेकाे र घटनाकाे तथ्य पत्ता लगाउने आफन्त तथा परिवारले बताएका छन् । श्रदाञ्जली सभामा स्थानीय जनप्रतिनिधी प्रतापसिं बुलुन, नेकपा नेताहरू मनवीर बिकले अल्पकालमा भएको अकल्पनिय घटना रहस्यमय देखिएकोले छानविन गरी दोषी देखिए कारवाही हुनुपर्ने बताउनुभयो । नेकपा नेता बाग्मती प्रदेश कमिटी सदस्य माधब लामिछाने “समिर”ले घटनाकाे यथार्थको निष्पक्ष छानिनिव हुनुपर्ने र दोषीलाइ कारबाही हुनुपर्ने बताउँदै प्रहरीको अनुशन्धानबाट तथ्य पत्ता लाग्ने हुनाले सवैले सहयोग गर्नुपर्ने बताउँनुभयो । पहिलो चरणमा क्रिश्चियन परम्परा अनुसार कार्यक्रम पछि भएको एक श्रदाञ्जली सभामा पत्रकार, सामाजिक संस्थाका प्रतिनिधी, स्थानीय बुद्धिजीवि , अाफन्तजनकाे सहभागी थिए । सभामा श्रद्धाञ्जली दिने क्रममा सहभागीका आँखा रसाएका थिए भने आफन्तहरु भाव बिह्ल देखिन्थे ।
स्व. बरालले जिरी प्राबिधिक शिक्षालयबाट कृषि जेटीए पास गरी भूकम्प पछि बिभिन्न सामाजिक संघ संस्थामा तथा सरकारी सेवामा काम गरेका थिए । निकै मिलनसार स्वभावका स्वर्गीय बराल सामाजमा स्थापित ब्यक्ति भएकाे र सानै उमेरमा उनले समाजमा गरेकाे याेगदानकाे चर्चा गरिएकाे थियाे ।

Comments

comments