राम्चेमा सडक बिस्तार

Grang gaun (2)

रसुवा , जेठ २ गते । सडकको पहुँच पुग्न नसकेको कालिका गाउँ पालिका वडा नं १ राम्चे क्षेत्रमा स्थानीय कृषि उत्पादन बजारीकरण गर्ने उद्देश्यले सडक बिस्तार भएको छ ।

वडा कार्यालयको १६ लाखको लागतमा राम्चेदेखि पलेप २ किमी सडक निर्माण भएको हो । पासाङमार्गदेखि ग्राङगाउँ जोड्ने १ किमी सडक ग्याभिन सहित १४ लाख रुपियाँको लागतमा निर्माण भएको वडा अध्यक्ष मालफुर्पा तामाङले बताउनुभयो । त्यसै गरी माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाको सहयोगमा राम्चे हाँडिफोर पलेप ग्राङ ५ किमी सडक निर्माण अन्तिम चरणमा पुगेको कल्पना तामाङले बताउनुभयो ।

यस अघि सडक पहुँच नपुगेको राम्चेको हाडिफोर, पलेप, ग्राङ लगायतका गाउँहरुमा सडक सबिधा पु¥याएर स्थानीय किसानका उत्पादन समेत बजारीकण गर्न सहज गराउने उद्देश्यले सडक निर्माणको काममा तिब्रता दईएको हो ।

नयाँ रुट बनाएर सडक पहुँच बढाउने कृषि उत्पादन बृद्धि गर्ने उद्देश्यले पलेपबाट ग्राङहुँदै हाँडिफोर राम्चे बजार रिङरोड जोड्ने १ हजार ३ सय मीटर सडक निर्माण भइरहेको छ । उक्त सडक माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाको सामाजिक उत्तरदायित्व अन्तर्गत यसवर्ष ३५ लाख ८५ हजार रुपैयाँको लागतमा निर्माण भइरहेको छ । सडक निर्माण भएपछि स्थानीय ुशी भएका छन् ।

भूकम्प अघि सुरु भएको काम रोकिएको अवस्थामा रहेको र स्थानीय निर्वाचन पछि जनप्रतिधिहरुले सहजिकरण गरेर सुरु भएको सडक निर्माणको कामबाट स्थानीयको जिविकामा टेवा पुग्ने विश्वास गरिएको छ । केही महिनामा राम्चेको बान्द्रे स्थित बेत्रावती स्याफ्रुबेशी सडकमा जोडिने पनि अध्यक्ष तामाङले बताउनुभयो ।

Comments

comments