राष्ट्रपतिमा दुई जना भिडदै , भण्डारीकाे विजय सुनिश्चित

bidhya-bhandari

 सङ्घीय गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार नारायण महर्जनले उम्मेदवारी फिर्ता लिएपछि नेकपा एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारी र नेपाली काँग्रेसका नेता कुलबहादुर गुरुङ दुईजना उम्मेदवार कायम रहेका छन् ।

व्यवस्थापिका–संसद् सचिवालयले प्रदान गरेको समयसीमाभित्र नेपाल मजदुर किसान पार्टीका उम्मेदवार नारायण महर्जनले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

संसद्मा बुधबार बिहान ११ बजेदेखि अपरान्ह २ बजेसम्म मतदान हुनेछ । तर निर्वाचन गोप्य मतदान प्रक्रियाबाट हुने बताइएको छ । अपराह्न २:३० बजेदेखि मतगणना हुनेछ भने अपरान्ह ४:४५ बजे मतगणनाको परिणाम सभामुखलाई निर्वाचन समितिले हस्तान्तरण गर्ने कार्यतालिका तय भएको छ ।

बुधबार साँझ ५ बजे बस्ने व्यवस्थापिका–संसद्को बैठकमा सभामुख ओनसरी घर्तीले नयाँ राष्ट्रपतिको मतपरिणाम सार्वजनिक गर्ने कार्यतालिका रहेको छ ।

राष्ट्रपतिमा नेपाली काँग्रेसका नेता कुलबहादुर गुरुङ र नेकपा एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् ।  गुरुङ र भण्डारीले भिड्ने भएका छन् । निर्वाचनमा नेकपाएमालेका उम्मेदवार भण्डारी विजय हुने निश्चित प्राय भैसकेको एमाले स्रोतको दावी रहेको छ ।

Comments

comments