राष्ट्रपति रनिङ शिल्ड सुरु

khel

रसुवा, चैत २६ गते । पाँचौं राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत अन्तरमावि स्तरिय छात्रा भलिबल प्रतियोगिता सुरु भएको छ । कमै मात्रामा खेल गतिबिधी हुने रसुवाको धुन्चेमा भएको खेलमा मौसम प्रतिकुलताकाबीच पनि निकै उत्साहित भएर छात्राहरु भलिवल खेलेका थिए।

स्वास्थको लागि खेल ,राष्ट्रको लागि खेल भन्ने मुल नाराको साथ बाल मन्दिर प्राङगणमा भएको जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको खेल जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टले उद्घाटन गर्नुभयो । कार्यक्रममा हाकु, स्याफ्रु हाईल्याण्ड , र गोल्जुङमाविका छात्राहरुबीच प्रारम्भीक खेल भयो । जिल्लाभरका ९ माविका सहभागी खेल तीन दिनसम्म चल्ने छ । जिल्लामै पहिलो पल्ट तेक्वान्तो र छात्रा भलिवल प्रतियोगिता आयोजना भएको हो । छात्र छात्रा कबड्डी, १ सय , २ सय र ४ सय मिटर रनिङ , ८ सय मिटर छात्र रनिङ, हाईजम्प, लङजम्प, सटपुट, ज्याभ्लिङ थ्रोलगायत कार्यक्रम हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तेम्पासिङ्गी तितुङले बताउनुभयो । उद्घाटनमा जिल्ला स्थित जिल्ला समन्वय समिति उपप्रमुख गाउँ पालिका प्रमुख , उप प्रमुख कार्यालय प्रमुखहरु पत्रकारहरु सहभागी थिए । प्रतियोगितामा जिल्लाका २३ वटा माध्यमिक विद्यालयमध्ये नौ वटा सहभागि छन् । खेलमा रसुवा मावि, हाइल्याण्ड आवासिय मावि, पार्वतीकुण्ड मावि, कोमिन स्यामेवाङ्फेल मावि, नमुना एभरग्रिन बोर्डिङ स्कुल, कालिका हिमालय मावि, हाकु मावि र भूमेदेवी माविले सहभागिता जनाएका हुन् । प्रतियोगितामा भलिबल, कबड्दी, तेक्वान्दो र एथ्लेक्टिस खेल समावेश गरिएको छ । प्रतियोगितामा प्रथम हुने विद्यालयलाई १५ हजार, दित्तिय हुने विद्यालयलाई १२ हजार र तेस्रो हुने विद्यालयलाई नो हजार नगद दिने समितिले जनाएको छ ।

Khel dkbssport

तस्वीर : राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत अन्तर्गत मावि स्तरिय छात्रा भलिबल खेल्दै हाकु र स्याफ्रुका छात्राहरु

Comments

comments