राष्ट्रिय स्वास्थ्यकर्मी संघमा घिमिरे

268606225_4447726631992179_6894900848119435043_n

रसुवा, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल रसुवाको अध्यक्षमा बिमल घिमिरे निर्विरोध चयन भएका छन् । शुक्रबार सदरमुकाम धुन्चेमा सम्पन्न  संघकाे दोश्रो जिल्ला अधिबेशनले घिमिरेको अध्यक्षतामा २३ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो । 268606225_4447726631992179_6894900848119435043_n

संघकाे उपाध्यक्षमा बलराम न्यौपाने,  दावा ग्याल्मो घले,  सचिवमा उपेन्द्र बुलुन, सह-सचिवमा कृष्ण भन्डारी, कोषाध्यक्षमा साइका सापकोटा चयन भएका छन् । सदस्यहरूमा खुम्बु बोहोरा, जानुका न्यौपाने, निरुता गुरुङ, राजेश विष्ट, विजय घले, शेर बहादुर घले, इस्मिता नेपाली, रामशरण आचार्य, दामोदर गजुरेल, सतेन्द्र यादव, निकला लिम्बु, लक्ष्मी देवकोटा, बिमल तामाङ, दिपा ठाकुर, उमेस पौडेल रहेका छन् । कार्यक्रममा जिल्लाभरका स्वास्थ्यकर्मीकाे उल्लेखनीय सहभागिता रहेकाे थियाे ।

राष्ट्रिय स्वास्थ्यकर्मी सघ नेपालको केन्द्रिय उपाध्यक्ष रामहरि ढकाल प्रमुख अतिथि र जगत नेपालीको  बिशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्याे । संघकाे ०७४ जेठ ६ गते रसुवामा तदर्थ समिति  गठन गरिएको थियो । २०७४ मंसिर २२ गते धनकुमार राईको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएको थियो ।  268606225_4447726631992179_6894900848119435043_n

Comments

comments