कालिका गाउँपालिकामा राहत सामग्री हस्तान्तरण

JJMS

रसुवा, कालिका गाउँपालिकामा कार्य क्षेत्र बनाएर काम गरिरहेकाे एक सामाजिक संस्थाले गाउँपालिकालाइ एक कार्यक्रमका बीच राहत सामग्री हस्तान्तरण गरेकाे छ । 101560510_652248765623886_5857250598969147392_n

स्थानीय सामाजिक संस्था जन जागृति महिला समूह रसुवाले क्रिश्चियन एड् नेपालको सहयोगमा ३१ लाख ५० हजार रूपियाँकाे राहत सामग्री हस्तान्तरण गरेकाे  हो । समूहकी अध्यक्ष शारदा आचार्यले कालिका गाउँपालिका उपाध्यक्ष भवानीप्रसाद न्याैपानेलाइ हस्तान्तरण गर्नुभयाे ।

काेराेना भाइरस (काेभिड -१९ )  का कारण प्रभावित समूदायका लागि  मानविय सहायता कार्यक्रम अन्तर्गत  लक्षित वर्गका लागि  राहत सामग्रीमा प्रति परिवार जिरा मसिनाे चामल ३० केजी, दाल ३ केजी, तेल २ लिटर, चिनी २ केजी, सावनु २ वटा, नुन २ पाेकाका दरले ५ सय परिवारका लागि र गर्रभवती, सुत्केरी तथा बच्चाकाे पाेषण कार्यक्रम अन्तर्रगत प्रति ब्यक्ति हर्लिक्स १, मुसुराेकाे दाल २.५ केजी, रहर दाल २.५ केजी, चना ३ केजी, भटमास ३ केजी, राज्म २.५ केजी, केराउ ३ केजीकाे प्याकेज ३ सय ४८ परिवारका लागि हस्तान्तरण भयाे । किशाेरी तथा बयस्क महिलाका लागि १० हजार ५ सय पिस सेनिटरी प्याड समेत एक मुष्ठ हस्तान्तरण गरिएकाे थियाे । 101425623_619628368762478_8521719821165920256_n

सामग्री हस्तान्तरण कार्यक्रममा समूहकी अध्यक्ष शारदा आचार्य, कालिका गाउँपालिका उपाध्यक्ष भवानीप्रसाद न्याैपाने र प्रमुख प्रशासकीय अधिकृत प्रकाश अधिकारीले आफ्नाे धारणा राख्न्रु भएकाे थियाे । दाता संस्था तथा स्थानीय संस्थालाइ स्थानीय तहसँग राम्राे समन्वय गरेर विपदमा राहत सामग्री प्रदान गरेर महत्वपूर्ण सहयाेग गरेकाेमा उपाध्यक्ष भवानीप्रसाद न्याैपाने र प्रमुख प्रशासकीय अधिकृत प्रकाश अधिकारीले  धन्यवाद दिनुभयाे । प्राप्त राहत सामग्री लक्षित वर्गमा पुर्याउने बताइएकाे छ । कार्यक्रममा गैसस महासंङ्घ उपाध्यक्ष शीला मगर  , स्थानीय तहका कर्मचारीहरू , पत्रकारहरू सहभागि थिए ।

संस्थाले लैङ्गिक  समानता र सामाजिक समावेशीकरणको सम्बन्धि कार्यक्रम सञ्चालन गरेकाे छ । स्थानीय तहको हरेक क्रियाकलापमा महिला सहभागिताको लागि सशक्तिकरण गर्ने, प्रजनन स्वास्थ्यमा पार्ने आधारभूत विषय र लैङ्गिक हिंसा विरूद्वको विषयमा जानकारी दिने उद्देश्यले कार्यक्रम सञ्चालन भएको थियाे ।

राहत सामग्री हस्तान्तरण गर्दैकाे तस्वीरहरू : हेमनाथ खतिवडाJJMS101522303_545950386311419_4877959954826264576_n (1)

Comments

comments