रूकुम घटनाकाे बिराेधमा जुटे रसुवाका अधिकारकर्मी

Rukum pressrelise

कालिकास्थान,  रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा-  ८ सोती गाउँमा मिति २०७७ जेठ १० शनिवारका दिन दलितलगायत युवाहरुमाथि भएको घटनाले रसुवाबासी दलितलगायत समुदायको गम्भीर ध्यानाकर्षण भएको भन्दै जिल्लाका मानब अधिकारकर्मी तथा  प्रगतिशील लेखकहरूले  बिज्ञप्ती जारी गरे ।

बिज्ञप्तीमा भनिएकाे छ : नेपाल जाति हत्या अपराधको रोकथाम र सजायसम्बन्धी महासन्धिको पक्ष राष्ट्र हो । यो महासन्धिले समूहका सदस्यहरुको हत्या, समूहका सदस्यहरुलाई गम्भीर शारीरिक वा मानसिक क्षति पु¥याउने कार्य, सम्पूर्ण वा आंशिक रुपले समूहको भौतिक विनास गर्ने हिसावले सो समूह उपर जानी जानी जीवनावस्थाहरु आरोपण गर्ने कार्यलाई जाति हत्या मानेको छ । रुकुम पश्चिम चौरजहारीको घटना जाति हत्यासँग नजिक देखिन आएको छ ।नेपालको संविधान २०७२ को भाग तीनले सम्मानपूर्वक बाँच्न पाउने हक, स्वतन्त्रताको हक, समानताको हक, छुवाछुत तथा भेदभाव विरुद्धको हकलगायत दलितको हकलाई प्रत्याभूत गरेको छ । धारा ४० को दलितको हकको उपधारा तीनले दलित समूदायलाई स्वास्थ्य र सामाजिक सुरक्षा प्रदान गर्न कानुन बमोजिम विशेष व्यवस्था गरिनेछ भनेको छ ।

संविधानले नै दलित समूदायलाई सामाजिक सुरक्षा प्रदान गर्ने भने पनि सो आजसम्म पनि हुन सकेको छैन । र समाजमा दलितलाई आज पनि चौथो वर्णको नागरिकका रुपमा हेर्ने चलन हट्न सकेको छैन । हिन्दू सामाजिक वर्णाश्रम व्यवस्थाले निर्माण गरेको यो जातीय उचनिचताको जाँतोमा ३५ सय वर्षदेखि उत्पीडन हुन पुगेका दलित समूदायमाथि हुने हरेक प्रकारका उत्पीडनको घोर भत्र्सना गर्दछौँ । र यो घटनाको पनि घोर भत्र्सना गर्दछौँ ।

बिज्ञप्तीमा सोती गाउँका स्थानीयले कानुन आफ्नो हातमा लिई गरेको अन्धाधुन्ध आक्रमणबाट नवराज विकसहित टिकाराम सुनार, गणेश बुढामगर र लोकेन्द्र सुनारको मृत्यु भएको छ । २ जना अझै वेपत्ता छन् । धेरै जना घाइते भएका छन् । हामी मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछौँ भनिएकाे छ । घाइतेहहरुप्रति सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।

बिज्ञप्ती जारी गर्नेहरू अधिकारकर्मीहरूमा मनवीर विक (दलित अधिकारकर्मी), भरत बगाले (दलित अधिकारकर्मी), रामजी विश्वकर्मा (दलित अधिकारकर्मी), रामबहादुर विश्वकर्मा (दलित अधिकारकर्मी), गणेश विश्वकर्मा (दलित अधिकारकर्मी), रुपी भुषाल (दलित अधिकारकर्मी), रमेश स्यावा (दलित अधिकारकर्मी), गंगा विश्वकर्मा (दलित अधिकारकर्मी), हिरामाया सुनार (दलित अधिकारकर्मी), विश्वास नेपाली (सामाजिक अभियान्ता तथा लेखक) उद्धव रिजाल (अध्यक्ष,प्रलेस रसुवा), अर्जुन देवकोटा (समाजसेवी), हेमनाथ खतिवडा (अध्यक्ष, नेपाल पत्रकार महासंघ तथा ईन्सेक प्रतिनिधी, रसुवा), जयराम आचार्य (लेखक) सुष्मा न्यौपाने (सामाजिक अभियान्ता तथा लेखक) खिलप्रसाद आचार्य (भूमि अधिकारकर्मी) नवराज लामिछाने (समाजसेवी), यो घटनाको पृष्ठभूमिमा देखिन आएको प्रेम विवाहमा जातीय सवाल खडा भएपछि आपराधिक मानसिकता बोकेका जातिवादीहरूले दलितलगायत युवाको ज्यानै लिनसमेत पछि परेनन् । यो मानवका लागि निकृष्ट तथा निन्दनीय घटना हो । Rukum pressrelise

यस घटनाप्रति नेपाल सरकारको गम्भीर ध्यानकर्षण गराउँदैं घटनाको सत्यतथ्य छानविन गर्नको लागि संसद्बाट विशेष अधिकारसहित छानविन समिति गठन गर्नको लागि पनि माग गर्दछौं । साथै रसुवाका दलितलगायत न्यायप्रेमी जनसमुदाय यो घटनाका दोषीलाई हदैसम्मको कारबाही गर्न माग गर्दछौं । पीडित व्यक्तिहरूमाथि उचित क्षतिपूर्तिको समेत माग गर्दछौँ । यस नरसंहारप्रति अत्यन्तै देख प्रकट गर्दै यस्तो अमानवीय र बर्बरतापूर्ण घटना गराउने र प्रश्रय दिनेहरुप्रति घोर भत्र्सना गर्दै सङ्लग्न व्यक्तिहरुलाई कडाभन्दा कडा निष्पक्ष कानुनी कारबाहीको माग गर्दछौं । आगमी दिनमा यस्ता घटना पुनः नदोहरिने प्रतिबद्धताको समेत माग गर्दछौँ ।

त्यसैबीच प्रगतिशील लेखक संघ रसुवाले पनि एक प्रेस बिज्ञप्ति जारी गरी घटनाकाे घाेर निन्दा गरेकाे छ । अध्यक्षा उद्धव रिजाल र सचिव विश्वास नेपालीद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ । यस घटनाप्रति नेपाल सरकारको गम्भीर ध्यानकर्षण गराउँदैं घटनाको सत्यदतथ्य छानविन गर्नको लागि संसद्बाट विशेष अधिकारसहित छानविन समिति गठन गर्नको लागि पनि माग गर्दै घटनाका दोषीलाई हदैसम्मको कारबाही गर्न माग गर्दछौं उल्लेख छ । pralesa

Comments

comments