रेडपाण्डाको छाला सहित एक जना पक्राउ

20161217_121500

रसुवा, पौष ३ – दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला सहित रसुवामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चिलिमे–९ का ६० वर्षका दावा तामाङ रहेका छन् ।

 
नेपाली सेना र लाङटाङ राष्ट्रिय निकुञ्जका टोलीले तामाङलाई गोसाइकुण्ड जाने पदमार्गको ढिम्साबाट पक्राउ गरेको हो । यस सम्वन्धमा आवश्यक अनुसन्धान भैरहेको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ । विश्वमै दुर्लभ बन्य जन्तु मृत अवस्थामा फेला परेकोले त्यस घटनामा संलग्नहरुलाई कडा कारवाही गर्नु पर्ने स्थानीयको माग छ ।

Comments

comments