रेडपाण्डा ट्रफिको उपाधि सक्षम सोसाईटीले हातमा

SAKSHAM

धुन्चे, २३औ बन्यजन्तु सप्ताह अन्तरगत छैटौं लाङटाङ पर्यटन तथा संरक्षण उत्सब २०७५ को उपलक्ष्यमा ल्याकोसको आयोजनामा भएको नवौं  रेडपाण्डा ट्रफि खुल्ला जिल्ला स्तरिय भलिबल प्रतियोगिताको उपाधि सक्षम सोसाईटी धुन्चेले हात पारेको छ ।

सदरमुकाम धुन्चेस्थित बालमन्दिरको प्राङ्गणमा शुक्रबार भएको फाईनल खेलमा जुनतारा युवा क्लब ग्रे लाई ३-१ को सेटमा पराजित गर्दै सक्षम सोसाईटीले उपाधि हात पारेको हो । निकै रोचक तथा प्रतिस्पर्धा  खेलको पहिलो सेट २५-१५ ले जुनतारा युवा क्लब ग्रेले जितेको थियो भने दोस्रो, तेस्रो र चौंथो सेट क्रमश: २५-२१, २५-१९ र २५-२२ ले सक्षम सोसाईटी धुन्चेले जितेको थियो ।

प्रतियोगितामा रस्सिभुमि युवा क्लब भोर्लेले तेस्रो र हाकु युवा सोसाईटीले सान्त्वना स्थान हात पारे । सक्षम सोसाईटीले उपाधिका साथै शिल्ड, मेडल, प्रमाण-पत्रसहित ७५ हजार प्राप्त गर्यो । द्धितिय हुने जुनतारा युवा क्लबले मेडल, प्रमाण-पत्र र नगद ४० हजार र तृतिय हुने रस्सिभुमि युवा क्लबले मेडल, प्रमाण-पत्रसहित नगद २० हजार प्राप्त गर्यो । त्यसैगरी, सान्त्वना हुने हाकु सोसाईटीले नगद १० हजार प्राप्त गर्यो  ।

प्रतियोगिताको उकृष्ट खेलाडीको उपाधि सक्षम सोसाईटी धुन्चेका सन्तोष तितुङले हात पारे भने उदयमान खेलाडीको उपाधि रस्सिभूमि क्लबका सुजित थिङले हात पारे । उकृष्ट ब्लकर जुनताराका प्रज्बल तामाङ, उकृष्ट लिफ्टर सक्षम सोसाईटीका साईला तामाङ र उकृष्ट स्पाईकर रस्सिभुमिका ज्ञानबहादुर तामाङले प्राप्त गरे । पपुलर खेलाडीको उपाधि हाकु सोसाईटीका सुजन न्यौपानेले प्राप्त गरे ।

बिजय हुने सबै खेलाडीलाई प्रतिनिधि सभा सदस्य मोहन आचार्यले पुरस्कार बितरण गरेका थिए । विश्वमा दुलर्भ मानिएको रेडपाण्डाको संरक्षण गर्ने उद्धेस्यका साथ रेडपाण्डाको नामबाट राखिएको प्रतियोगिता हेरेक बर्ष झै यो बर्ष पनि बैसाख ३ गते बाट सुरु भएको थियो । प्रतियोगितामा  कुल १४ टिमको सहभागिता रहेको थियो  ।

Comments

comments