रेन्बो ट्राउट मरे

langtang newslangtangnew.com

पानी निरन्तर नभएपछि रसुवाको सदरमुकाम धुन्चेमा रहेको रेन्बो ट्राउट मत्स्य अनुसन्धान केन्द्रमा रहेको ४ सय माछा मरेको छ ।

सोमबार रातिदेखि पोखरीमा पानी नआउँदा ४ सय वटा माछा मरेको कार्यालयले जनाएको छ । मंगलबार बिहानबाट माछा मर्न सुरु गरेको कार्यालयका सूचना अधिकारी सुरज कुमार सिंहले बताए ।

मुहानदेखि साढे दुई किलोमिटर टाढा रहेको पोखरीमा पानी ल्याएको पाइपमा करिव १ मिटर लामो काठ पसेपछि पानी अवरुद्ध भएको थियो । पोखरी भन्दा ५ सय मिटर तलसम्म काठ छिरेको भेटिएको छ ।

‘मुहानमा राखिएको पाइपमा जाली लगाइएको छ । ‘जाली भित्रबाट काठ छिर्न सम्भव हुँदैन, उनले भने, यस बारे अनुसन्धान भइरहेको छ ।’ माछा मरेपछि कार्यालयलाई ४ लाख बराबरको क्षति पुगेको छ । माउ माछा मरेका कारण आगामी वर्ष भुरा उत्पादनमा ७० प्रतिशत कमी आउने छ । माउ माछा मरेको भएपनि भुरा माछा जोगाउन सफल भएको उनले बताए ।

मुहानबाट ल्याएको पाइपमा एक मिटर लामो काठ पसेपछि करिब ४ सय ठुला माछा मरेको हो । माछा मरेपछि कार्यालयलाई करिब ४ लाख क्षति पुगेको छ । यसअघि पनि पानीको आपूर्ति बन्द हुने गरेको थियो । कार्यालयमा साना ठुला गरी ६२ वटा रेसवे (पोखरी) रहेको छ । जसमा ठुला २१ वटा, साना नर्सरी पोखरी २० वटा, भुरा हुर्काउने पोखरी १५ वटा र ह्याचरीभित्र ६ वटा पोखरी रहेको छ ।

यी पोखरीमा अहिले करिब ३० हजार भुरा छ । कार्यालयले वार्षिक रूपमा ५० हजार आँखा उम्रेको अण्डा र १ लाख भुरा बिक्री गर्दै आएको उनले जानकारी दिए । अनुशन्धान केन्द्रमा कमजाेरीका कारण यस्ताे भएकाे स्थानीय बताउछन् ।

Comments

comments