रेलमार्गको चर्चाले रसुवाबासी उत्साही

सरस्वती न्यौपाने

जेठ ५ । नेपाल र चीन विच व्यपार व्यवसाय अभिवृद्धि गर्न रेलमार्गबाट सामान आएको खवरले त्यहाँका व्यवसायीमा उत्साह वढको छ ।

चिनीयाँ भू–भागको लामो दुरीबाट रेलद्धारा सामान आउदा अडर बमोजिम सिकान्से सम्म यथेष्ट सामाग्री आउने र अर्को तर्फ उपभोक्ताको माग र चाहना अनुरुप काठमाडौं लगाएत नेपालका सवै व्यवसायी केन्द्रमा सामान पु¥याउन सहजता आएबाट सवै व्यवसायी माझ उत्साह वढेको नेपाल व्यापार संघका अध्यक्ष कुमार कार्कीले बताउनुभयो । रेलबाट केरुङसम्म र त्यहाँबाट रसुवागढी नाकाहुँदै ब्यापार ब्यवसाय बढ्ने भएकोले स्थानीय व्यवसायीहरु उत्साही भएका हुन् ।

China1

ठुलो परिमाणमा अर्डर गरिएको मालसामान रेलबाट छिटो छरितो आउँछ तर करोडौंको सम्पत्ति व्यवस्थापन गर्न आफ्नो सवारी चालक केरुङ जान नपाउँदा व्यवसायीलाई ठुलो मर्का परेकोले आफ्नो ट्रक चालक रसुवा गढीबाट सामान लोड गर्ने ठाउँ केरुङको पाङसीङ सम्म जान पाउने वातावरण श्रृजना गरिदिन सरकार समक्ष आग्रह गरिएको अध्यक्ष कार्कीले वताउनुभयो ।

२०७२ साल बैहाख १२ को विनाशकारी भुकम्प अगाडी समम नेपालबाट केरुङजाने वान डे पास दिए पनि भुकम्प पछि गत मंसिर १४ गतेबाट पुनःनाका सञ्चालन भए पश्चात चिनियाँ पक्षले स्थायी पास भएका रसुवालीलाई बाहेक अन्य जिल्लाका मानिसलाई मितेरी पुलबाट रोक लगाए पछि मालवाहक कन्टेनर केरुङमा लान ल्याउन रसुवाको चालक मात्र क्रियाशिल भईरहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ ।

Comments

comments