लकडाउनको फुर्सद ताजा तरकारीका लागि : करेसाबारी खेती

Nabin Pyakurel

लकडाउनको बेलामा समय पनि सहजै बित्ने र पछि तरकारी पनि खान पाईने : करेसाबारी खेतीनबिन प्याकुरेल

नेपालमा अहिले  काेराेना भाइरस (काेभिड १९) का कारण अत्यावश्यक सेवा बाहेक सबै पूर्ण रुपमा बन्दाबन्दी (लकडाउन) छ । यो बेलामा धेरैजसो किसान साथै अन्य पेशा व्यवसाय गर्ने पनि निकै फुर्सदिलो भएका छ्न । यसरी प्रशस्त समय भएको बेलामा समय पनि सहजै बिताउन र आउने २/३ महिना पछि पनि स्वच्छ र ताजा तरकारीको अभाव सिर्जना हुन नदिन करेसाबारी खेती उत्तम हुन सक्छ । करेसाबारी खेतीबाट ताजा र स्वच्छ तरकारी खान पाईन्छ भने खेर गएको जमिनको सदुपयोग , शारिरीक कसरत हुने, आर्थिक भार कम हुने ,समयकाे  सदुपयोग हुने , तरकारी खेती बारे ज्ञान र सीप हाँसिल हुँदै जाने र घरको शोभा समेत बढाउँछ । काेराेना भाइरस (काेभिड १९) विश्व नै भयाभित भैरहेको बेलामा घरमै सुरक्षित तरिकाले तरकारी उब्जाउएर खान र बचेकाे बेच्न समेत सकिन्छ साथै करेसाबारीको रेखांकन र योजना बनाउन आवश्यक प्राबिधिक परामर्श लिई झनै अगाडि बढ्दा प्रभावकारी हुन्छ । जसले गर्दा अहिलेको अवस्थामा आत्मनिर्भर बन्न ठूलो सहयोग पुर्याउँछ ।

करेसाबारी खेती गर्दा प्रसस्त जग्गाको पनि आवश्यक पर्दैन । यो अवस्थामा औषधिय गुण भएका बिरुवाहरू जस्तै धनिया , तुलसी, पुदिना आदि लगाउन सकिन्छ जसले सुन्दर, स्वस्थ रहन पनि सहयोग पुर्याउँछ । करेसाबारी खेती गर्दा नर्सरी राखेर उत्पादन भएका बेर्ना छरछिमेकमा बिक्री बितरण पनि गर्न सकिन्छ । त्यसैगरी पानीको स्रोत राम्रो भएको र निकासको राम्रो व्यवस्थ हुँदा उत्पादन राम्रो हुन्छ । करेसाबारी खेतीले आपतकालीन अवस्थामा सहजरुपमा तरकारी उपलब्ध मात्र गराउन मात्र नभई आफ्नो घरमा उत्पादन भएका फोहरको उचित व्यवस्थापन गर्न पनि मद्दत गर्छ । जस्तै कुहिएका फलफुल ,कुहिएका तरकारी ,तरकारीका बोक्राहरु, सढेगलेका बासी खानेकुराहरू प्राङ्गाररिक मलको रुपमा प्रयोग खेतीमा गर्न सकिन्छ ।

 

अहिलेको समयमा काक्रो, साग ,फर्सी, घिरौला, करेला, बोडी ,लौकालगायतका तरकारी मध्यम हावापानीको लागि उपयुक्त छ । गाउँघरमै भएका लोकल बीउबिजनको प्रयोग गर्ने वा नभएको खण्डमा बजारबाट आवश्यक बीउ ल्याई करेसाबारीमा तरकारी लगाउन सकिन्छ । घरमै उपलब्ध स्रोत साधनको उचित प्रयोग गरी करेसाबारीलाई सुन्दर बनाउन सकिन्छ । शहरमा करेसाबारी खेतीको स्थापना गर्नाले स्वच्छ र ताजा तरकारी खान पाईनेको अलवा कृषि क्षेत्रमा सहि सन्देश जाने र प्राङ्गाररिक कृषिको विकास र विस्तारमा पनि ठूलाे मद्दत गर्नेछ ।

कृषि प्राबिधिक प्याकुरेल सिड्स रसुवामा जीविकोपार्जन अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ ।

Comments

comments