- रविना नेपाली
हरपल मेहनत गर्नुपर्छ सफलता छैन टाढा
गुलाफका बोटमा फुलसँगै हुन्छ तिखा काडा ।
काडाँँलाइ चुनौति दिदैं सुगन्ध हामीले छर्नुपर्छ
जीवनमा अघि बढ्न असल लक्ष्य बोक्नुपर्छ ।
हाम्रा हात पाउदेखि लगाउने गरौ सिर्जनामा
राम्रा काम गरी बसौ ईज्जत, प्रतिष्ठामा ।
हाम्रा अभिभावक साथै गुरुवर्ग असल साथी
कहिलै कुभलो सोच्नु हुन्न उहाँहरुले हामी माथी ।
ठूलाले दिएका सुझाव सल्लाह सधै ग्रहण गर्नुपर्छ
नेपालको नाम हामीले विश्व सामु चिनाउनुपर्छ ।
जीवनमा आउँने क्षणिक आनन्द हामीले त्याग्नुपर्छ
सफलताकाे लक्ष्य चुम्न मेहनत गरी लाग्नुपर्छ ।
जति पनि बनेका छन् असल चर्चित ब्यक्तिहरु
फसलताका लागि संघर्ष त गर्नुपर्छ धेरै अरु ।
हामी विद्यार्थी पढि, लेखी असल ब्यक्ति बन्नुपर्छ
शान्ति, समृदिको उज्यालो ज्योति देशमा छर्नुपर्छ ।