भारत र चीनको विवादित सीमा क्षेत्र लद्दाखकाे गलवानमा चिनियाँ सैनिकसँगकाे झडपमा ज्यान गुमाउने भारतीय सैनिककाे सङ्ख्या २० पुगेकाे छ । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले भारतीय सेनालाई उद्धृत गर्दै हिजाे र अस्ति अर्थात् १५ र १६ जुनमा भएको भिडन्तमा भारतीय सेनाका एक अधिकारी (कर्नेल) र १९ जवानको मृत्यु भएको जनाएको छ । सुरुमा मंगलबार ३ सैनिककाे ज्यान गएकाे जानकारी दिएकाे भारतीय सेनाले बुधबार सबेरै अन्य १७ सैनिकसहित जम्मा २० सैनिकले ज्यान गुमाएकाे अद्यावधिक गरेकाे हाे ।
भारतीय सेनाका अनुसार पछिल्लाे ४५ वर्षमा सीमा क्षेत्रमा भएकाे याे सबैभन्दा डरलाग्दाे झडप भएकाे र यसमा अधिकांश घाइते सैनिकहरूले गम्भीर चाेटका कारण ज्यान गुमाएका बीबीसीले समाचारमा उल्लेख गरेकाे छ ।
Related Posts
- रसुवा र नुवाकाेटमा ११२ औं अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस मनाइयाे
- चिनियाँ कम्युनिस्ट पार्टी एक सय वर्ष मनाउँदै
- सुन प्रकरणमा रसुवाको दुईजना पक्राउ
- नेपाल र चीनबीच ८ बुँदे सहमतिः पेट्रोल र ग्यासको दीर्घकालीन व्यापार हुने
- स्थानीयले गरे सान्जेन जलविद्युत कम्पनीकाे कार्यालय तोडफोड
- गाेसाइकुण्ड मेला सम्पन्न १० हजार भक्तजनले मेला भरे