लहरेपौवा र धैबुङ्गमा आवास निर्माण सुरु

Komannath neu dhaibung 4 rasuwa

रसुवा , माघ २२ गते । आवासका लागि सहयोग समूह रसुवाले लहरेपौवा र धैबुङ्ग गाविसमा भूकम्प पछिको निजी आवास निर्माण थालनी भएको छ ।

जिल्ला विकास समिति, शहरी तथा भवन डिभिजन र जिल्ला दैवी प्रकोप उद्धार समिति लगायत सवै सरोकारवालाहरुसँगको समन्वयमा काम भएको छ । कोरएडको सहयोगमा लुमन्तीले ३ लाख रुपैयाँ अनुदान सहयोग , प्राबिधिक अनुगमन , प्रशिक्षण गरी लहरेपौवा गाविसको वडा नं ७ र ९ धैबुङ्ग गाविसको वडा नं ३ र ४ मा गरी ३ सय ८० आवास निर्मण गर्ने भएको छ ।RamHari_Dha_04

हालसम्म निर्माधिन ५१ घर छन् भने सात घरधुरीका लागि दोस्रो किस्ता रकम पाएका छन् । दुवै गाविसमा १२ घर परिवाले चाँढै दास्रो किस्ता पाउँदै छन् । कागजात तयार गरी गाविसमा सिफारिस भएको र अन्यले पनि आवास निर्माण थालनी गरेको लुम्वन्तीका कार्यक्रम संयोजक प्रबेश खनालले बताउँनुभयो ।

तस्वीर : धैबुङ्ग गाविस -४ का रामहरि न्यौपाने र कोमलनाथ न्यौपानेले निमाण गर्दै गरेको भूकम्प प्रतिरोधी घर ।

Comments

comments