लहरेपौवा र धैबुङ्ग गाविस दिशा मुक्त हुँदै

धुन्चे, रसुवा
रसुवाको लहरेपौवा र धैबुङ्ग गाविस चाँढै खुला दिशा मुक्त गाविस घोषणा हुने तयारी भईरहेको छ । दुवै गाविसका गाविस स्तरिय स्वास्थ्य सरसफाई समन्वय समितिहरुको बैठक तथा छलफल र अनुगमन पछि जिल्लामा अनुगमन गर्न अनुरोध गरेका छन् ।

जिल्ला खानेपानी तथा सरसफाई कार्यालय रसुवा , बिभिन्न सहयोगी संस्था र गाविसको कार्यालयको समेत समन्वयमा खुला दिशामुक्त घोषणा तयारी गरिएको छ । हालसम्म रसुवाको बृद्धिम, टिमुरे, धुन्चे, गोल्जुङ, यार्सा, डाडागाउँ , थुमन गाविस खुला दिशामुक्त गाविस घोषणा भएका छन् ।

दुवै गाविसमा ९० प्रतिसत भन्दा बढि घरमा शौचालय निर्माण भएको देखिएको र आवास पुनर्निर्माणसँग शौचालय निर्माणको क्रम पनि बढ्दै भएको देखिएको छ । केही परिवारमा अपाङ्गता भएका तथा एकल महिला , अशहाय देखिएकोले त्यस्तो परिवारमा बिभिन्न सामाजिक संस्थाहरुको सहयोगमा काम भईरहेको जनाईएको छ । यस फागुन महिना भित्रमा बाँकी रहेको शौचालय निर्माण सकेर चैत महिना भित्रमा दुवै गाविस खुला दिशा मुक्त हुने विश्वास लिईएको बताईएको छ । लहरेपौवा र धैबुङ गाविसमा ९० प्रतिसत बढि घरमा शैचालय बनेकोले चैत महिनाभरीमा खुला दिशा मुक्त हुने परिवर्तन पात्रका लक्ष्मी श्रेष्ठले बताउनुभयो ।
जिल्ला स्तरिय स्वास्थ्य सरसफाई स्वच्छता समन्वय समितिको आयोजनामा भएको एक छलफल कार्यक्रममा केही खुला दिशामुक्त घोषणा भएको गाविसको समेत सरसफाईको अवस्था खस्केको जिल्ला खोपानी तथा सरसफाई कार्यालयका प्रमुख रबिमोहन कोईरालाले बताउनुभयो ।
जिल्लाको सरमथली, यार्सा र भोर्लेमा परिवर्तन पात्र, नेपाल रेडक्रस सोसाईटी लयायतका संस्थाहरुले सामाजिक परिचालनमार्फत शौचालय निर्माणको कामलाई तिब्रता दिई जिल्लालाई नै चैत महिना गरीमा खुला दिशामुक्त घोषणा गर्ने बताईएको छ ।

Comments

comments