लाङटाङमा दुध ,तर्दै चीज बनाउँदै

milk pul

हेमनाथ खतिवडा
रसुवा, साउन २३ गते । नेपालकै सबभन्दा पुरानो चीज उत्पालन केन्द्र गोसाईकुण्ड गाउँपालिका वडा नं ४ लाङटाङ स्थित चीज उत्पादन केन्द्रमा लठ्ठाबाट दुध तारेर चीज उत्पादन भईरहेको छ ।

बि.सं २००९ सालमा स्थापना दुग्ध विकास संस्थान मातहतको लाङटाङ चीज उत्पादन केन्द्रका प्रमुख खग्याल्बु लामाका अनुसार अहिले दैनिक ४ सय लिटर दुध संकलन हुन्छ । गोठ सार्ने क्रममा लाङसिसा खर्क र झ्याबु खर्कमा अहिले चौरी गोठ सारिएको छ । ती खर्कबाट दुध क्यान्जिङसम्म ल्याउन लाङटाङ लठ्ठाबाट नदि तार्नुपर्ने हुन्छ । दुध तारेर चीज केन्द्रसम्म निकै कठिन छ ।

भूकम्पमा ६ सय बढि चौरी मरेपछि यहाँ चौरी पालक कृषकहरु घटेका छन् । अहिले २३ जना किसानले चौरी पलन थालेका छन् । भूकम्पमा धेरै क्षती भएको र यस अघिको जस्तो दुग्ध विकास संस्थानले पेस्की उपलब्ध नगराएकोले स्थानीय कृषक चौरी पालनमा लाग्न सकेका छैनन् । घाँसका लागि चौरी गोठ खर्क सार्ने चलन छ । दुई महिना जति यसै खर्कबाट दुध तार्न सकस परेको कृषकहरुले बताए ।

०७२ बैशाखको विनाशकारी भूकम्पमा किसानहरुले पालेको धेरै चौरी मरेको समयमा पनि कतैबाट अनुदान नपाएको किसानको गुनासो छ । पहिले पेस्की दिनाले चौकीपालक कृषक ४३ जना थिए अहिले २३ जना छन् उनीहरुले दैनिक ४ सय लिटर दुध ल्याउने र दुधबाट उत्पादित चीज र बटर २७ सय किलो चीज र २५ सय किलो बटर उत्पादन गर्ने लक्ष्य रहेको लामाले बताए । उत्पादित चीज १ हजार ७ सय र बटर १ हजर रुपैयाँ प्रतिकेजीमा स्थानीय बजारमै सकिने गरेको छ । भूकम्पले बिस्थापित चीज उत्पादन केन्द्र तत्काल पुनस्थापना गरेर कृषकको आयस्रोत बृद्धि गर्न सहज भएको स्थानीय कृषक लाक्पा लामा बताए । समयानुकुल मुल्य बढाउने र चौरी खरिदका लागि यस अघि दिने गरेको पेस्की निरन्तरता दिन सके चौरीपालकहरु कृषक बढ्ने लामाले बताए ।

अहिले स्वीस सरकारको सहयोगमा चीज केन्द्र भवन निर्माण सुरु भएको केन्द्रका प्रमुख लामाले बताए । कुल १ करोड ७४ लाख रुपियाँको लागतमा निर्माण सुरु भएको भवन यसै सेप्टेम्बरभित्रमा निमार्ण सम्पन्न हुने जनाईएको छ । भवन निर्माण पछि ब्यवस्थित रुपमा चीज कारखाना चल्ने हुनाले चीज उत्पादन पनि बढ्ने लाङटाङ चीज उत्पादन केन्द्रले जनाएको छ ।

milk pulतस्वीर  : झ्याबु खर्कको चौरी गोठबाट क्यान्जिङ ल्याउन लाङटाङ नदिमा दुध तार्दै स्थानीय किसानहरू
तस्वीर  ग्याल्बु लामा

Comments

comments