लाङटाङ खोला जलविद्युत आयोजनाको प्रि कन्स्ट्रक्सन’

langtang hydro

धुन्चे, भाद्र १२ गते । लाङटाङ खोला जलविद्युत आयोजनाको प्रि कन्स्ट्रक्सन’ को कार्य सुरू भएको छ । आयोजना ४ अरब २१ करोडको लगानीमा निर्माण हुन लागेको छ । उक्त आयोजना २० मेगावाट क्षमताको रहेको आयोजनाका डेपुटी म्यानेजर नारायण सुवेदीले जानकारी दिनुभयो ।

प्राप्त जानकारी अनुसार पावर हाउसदेखि बाँधस्थलसम्म पुग्ने पहुँच मार्गको ट्रयाक खोल्ने कार्य ७० प्रतिशत र बेलीब्रिज निर्माण भइसकेको छ । आयोजना निर्माणका लागि जग्गा खरीद कार्य पनि सम्पन्न भइसकेको छ भने सो आयोजना मल्टी इनर्जी डेभलपमेन्ट प्रालिले सम्पन्न गर्ने जिम्मेवारी पाएको छ । २०७६ सालभित्रमा आयोजना सञ्चालनमा आइसक्ने पनि बताइएको छ । ४ अर्ब २१ करोड रुपैयाँ कुल लगानीमा आयोजना निर्माण गर्न लागिएको हो ।

Comments

comments