लाङटाङ–गोसाइकुण्ड हाफ म्याराथन प्रतियोगिता हुने

काठमाडौं, वैशाख ३० – भूकम्पले क्षति पुगेको लाङटाङ–गोसाइकुण्ड क्षेत्रमा पहिले जस्तै पर्यटन गतिविधि सुरु भएको सन्देश दिने उदेश्यले हाफ म्याराथन दौड प्रतियोगिता हुने भएको छ ।

ट्रेकिङ एजेन्सिस् एशोसिएशन अफ नेपाल टानले आफ्नो ३८ औं स्थापना दिवसको अवसर पारेर आउँदो जेठ १६ गते प्रथम टान लाङटाङ–गोसाइकुण्ड हाफ म्याराथन २०१६ गर्ने भएको हो ।

दौड गोसाइकुण्ड परिपारबाट सुरु भएर लौरीबिना, चोलाङगपाटी, चन्दनबारी, देउराली हुँदै रसुवा सदरमुकाम धुन्चे पुगेर समापन हुनेछ । प्रतियोगितमा १८ वर्ष भन्दामाथिका स्वदेशी तथा विदेशी धावक सहभागी हुन पोने टानले जनाएको छ ।

हाफ म्याराथन पुरुष तथा महिला गरी दुई स्पर्धामा हुनेछ । दुवै स्पर्धामा पहिलो हुनेले ५० हजार, दोस्रो हुनेले ३० हजार तथा तथा तेस्रो हुनेले २० हजार नगद पुरस्कार पाउने छन् ।

प्रतियोगितमा सहभागी हुन चाहने धावकले टानको सचिवालय काठमाडौंको मालीगाउँ वा टानको टिम्स काउन्टर सातघुम्ती ठमेलमा गएर नाम दर्ता गराउन सक्ने छन् ।

यस्तै टानको वेबसाइटमा गएरपनि अनलाइन मार्फत नाम दर्ता गर्न सकिने टानले जनाएको छ । दर्ता शूल्क पाँच हजार लाग्ने छ ।

ujalloonline

Comments

comments