लेखन प्रतियाेगीता सम्पन्न

लेखन

रसुवा, समृद्ध राष्ट्र निमार्णका लागि युवाका विचार भन्ने मुल नाराका साथ जिल्ला लेखन प्रतियोगिता सोमबार सम्पन्न भएको छ । लेखन प्रतियोगितामा रसुवाका चारओटा गाउँपालिकाबाट ६ जाना सहभागी थिए ।लेखन

कालिका गाउँपालिका , उत्तरगया गाउँपालिका , नौकुण्ड गाउँपालिका र आमाछोदिङमाे गाउँपालिकाबाट विद्यार्थीहरू सहभागी थिए ।  लेखन प्रतियोगितामा प्रथम , दोस्रो , तोस्रो र सान्त्वना हुनेलाई पुरस्कार र प्रमाण पत्र वितरण गरिएको थियो । प्रथम हुने सपना गोलेलाई नगद रु ५,००० , दोस्रो हुने दीपा तामाङलाई ३००० , तोस्रो हुने दिपक सापकोटालाई २००० , र सान्त्वना हुने कन्चना मगरलाई १०००  रूपियाँ पुरस्कार प्रदान गरियाे ।  पुरस्कार रकम  कालिका गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक तथा कार्यक्रमका अध्यक्ष विक्रम लोप्चनले गर्नुभएको थियो । कार्यक्रममा वडा अध्यक्ष , कालिका गाउँपालिकाका विभिन्न शाखाका शाखा प्रमुख , शिक्षक , शिक्षिका , विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रम राष्ट्रिय युवा परिषद् र कालिका गाउँपालिकाको संयुक्त आयोजनामा सञ्चालन गरिएको थियो ।

Comments

comments