लैङ्गिक समानता तथा प्रजनन स्वास्थ्य तालिम सम्पन्न

Jc

रसुवा , कालिका गाउँपालिका–  २ कालिकास्थानमा  लैङ्गिक समानता तथा प्रजनन स्वास्थ्य सम्वन्धि दुई दिने तालिम सम्पन्न भयाे ।

जनजागृति महिला समूह–२ को आयोजनामा क्रिश्चियन एड्नेपालको सहयोगमा भएको हो ।  गाउँपालिका–  २ कालिकास्थानमा सञ्चालित तालिममा महिलाहरू र कालिका हिमालय माविका ४ जना छात्राको उपस्थितिमा लैङ्गिक  समानता र सामाजिक समावेशिकरणको विषयमा जानकारी दिएका थिए ।Jcee

स्थानीय तहको हरेक क्रियाकलापमा महिला सहभागिताको लागि सशक्तिकरण गर्ने, प्रजनन स्वास्थ्यमा पार्ने आधारभूत विषय र लैङ्गिक हिंसा विरूद्वको विषयमा जानकारी दिने उद्देश्यले सञ्चालन भएको जिल्ला संयोजक भद्रा राजभण्डारीले बताइन् ।

Comments

comments