लैङ्गिक समानता तथा प्रजनन स्वास्थ्य तालिम

cropped-lantang-logo-1.png

कालिका गाउपालिका–१ राम्चेमा लैङ्गिक समानता तथा प्रजनन स्वास्थ्य सम्वन्धि दुई दिने तालिम सम्पन्न भयाे ।

जनजागृति महिला समूह–२ को आयोजनामा क्रिश्चियन एड् नेपालको सहयोगमा भएको हो । जेठ ३० र ३१ गतेसम्म राम्चेमा सञ्चालित तालिममा राम्चेका २५ जना महिलाहरूको उपस्थितिमा लैङ्गकि समानता र सामाजिकिकरणको विषयमा जानकारी दिएका थिए ।

स्थानीय तहको हरेक क्रियाकलापमा महिला सहभागिताको लागि सशक्तिकरण गर्ने, प्रजनन स्वास्थ्यमा पार्ने आधारभूत विषय र लैङ्गिक हिंसा विरूद्वको विषयमा जानकारी दिने उद्देश्यले सञ्चालन भएको  जिल्ला संयोजक भद्रा राजभण्डारीले बताइन् ।

Comments

comments