लैङ्गिक हिंसा न्युनिकरण तथा भ्रष्टाचार विरूद्ध अन्तरक्रिया सम्पन्न

78806442_428779914699130_2888019757397704704_n

रसुवा, अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुदको दिवसको अवसरमा ०७६ साल मंसिर २३ गते  सामुदायिक विकास केन्द्र,नेपाल ,सुआहारा परियोजना र महिला अधिकार मन्च रसुवाको संयुक्त आयोजनामा रसुवा जिल्ला कालिका गाउँपालिकामा लैङ्गिक हिंसा न्युनिकरण तथा भ्रष्टाचार विरूद्ध अन्तरक्रिया सम्पन्न   भयो ।

कार्यक्रम गैसस महासंघ रसुवाका अध्यक्ष विनोद लामिछानेको अध्यक्षतामा तथा कालिका गाउँपालिका अध्यक्ष सीताकुमारी पौडेल अधिकारीको प्रमुख आतिथ्यतामा भएको थियो । लैङ्गिक हिंसासँग सम्बन्धित सामाजिक अवस्थाको बारेमा र यस समस्यालाई न्यूनीकरण गर्ने सम्बन्धमा छलफल कार्यक्रम गरियो । लैङ्गिक हिंसा न्युनिकरण तथा भ्रष्टाचार विरूद्ध उपस्थित सराेकारवालाहरस्सले प्रतिवद्धता ब्यक्त गरेका थिए ।

कार्यक्रममा विषयवस्तु माथि प्रकाश पादै महिला अधिकार मन्चका अध्यक्ष मिठु तामाङले पुरुष वा महिला समाजमा एकले अर्कोलाई हिंसा गर्ने तर्फ हामी अग्रसर नभई २१ औ शताब्दीको समानता मुलक समाज निमार्ण गर्ने जिम्मेवारी तपाई हाम्रो सबैको भएको हुँदा समाजमा हुने यस्ता खाले घटना तथा अझ विशेष रुपमा हाल दिनहुँ जस्तो सुन्नमा आएका जबरजस्ती करणी एंव महिला वा पुरुषमाथि हुने यौन दुर्व्यवहारका घटनालाई अन्त्य गर्नको लागि सबै सरोकारवालाहरुको भूमिका उत्तिकै महत्वपूर्ण हुने बताउँनुभयो ।

उहाँले भ्रष्टाचारको सम्बन्धमा राज्यले कठोर नीति नलिएसम्म वर्षेनी मनाईने यस्तो खालका अभियान कार्यक्रममा मात्र सीमित रहने कुरामा जोड् दिनु भयो । कार्यक्रममा खुल्ला छलफलमा विशेष समय लिदै गैसस महासंघ रसुवा उपाध्यक्ष शिला मगरले पुरुष र महिलाको जैविक रुपमा लिङ्ग छुटिएता पनि हाम्रो सोचकै कारण समाज पुरुष प्रधान वा महिला प्रधान हुने तर्फ उद्दत भएको दावी गर्नुभयो । कार्यक्रममा समाजमा जन्मदेखि नै लैङ्गिक बिभेद हुने गरेको , जसको परिणाम स्वरुप छोराहरुको बहादुरी बढ्दै गएर पनि समाजमा जवरजस्ती करणी, यौन दुव्र्यवहार जस्ता आपराधिक घटनाहरु बढेको सरोकारवालाहरुले बताए । सामाजिक सोच परिवर्तन हुन सके नियम कानुनको आवश्यकता नै पदैन यसो नभए जतिसुकै कानुन र दण्डसजायको कुरा गरे पनि भ्रष्टाचार , अनियमितता हटाउने कुरा पनि कथा जस्तै र सामाजिक समानताका कुरा पनि बोलीमै सिमीत हुने सरोकारवालाहरुले बताएका हुन्  ।

अन्तरक्रियामा कालिका गाउँपालिका स्तरीय सुशासन समितिका संयोजक अणप्रसाद आचार्यले कार्यक्रममा मन्तव्य राख्दै गाउँपालिकाले सुशासन समिति गठन गरेर कार्यविधी निमार्णको लागि मन्त्रालयसँग समन्वय भईराखेको जानकारी गराउदै सु–शासन मैत्री गाउँपालिका निमार्णमा समिति प्रतिवद्ध रहेको र कतै आर्थिक अनियमितता, शासनिक ढिलासुस्ती र हैरानी व्यहोर्नु परेको छन् भने समितिलाई जानकारी गराउन समेत अनुरोध गर्नुभयो ।79181381_1704600212998023_1385664184649252864_n

त्यसै मन्तव्य कै क्रममा कालिका गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत्त वाचस्पती सुनुवारले भष्टाचार र बेरुजुसँग सम्बन्धित विषयमा थप स्पस्ट पार्दै लोकतन्त्रमा सरकारसँग जवाफदेहिता खोज्ने अधिकार सम्पूर्ण नागरिकलाई रहने एंव जनतासँग नागरिक डराउँने अवस्था छ भने त्यहाँ वास्तविक अर्थमा लोकतन्त्रको अभ्यास नभई कानूनी राज्यको कुरा कागजमै सिमीत भई तपाई हामीले दिनहुँ जस्तो सुन्दै आएको भष्टाचारले प्रश्रय पाउनुको साथै समाजमा लैंङ्गिक हिंसा समेत मौलाउँदै जाने बताउँनुभयो ।

कालिका गाउँपालिकाले लैंगिक समानता र सामाजिक समावेशीकरणको सन्दर्भमा गतिविधीहरु सन्चालन गरिराखेको र सु–शासन प्रवदन एंव जो कसैले सूचना माग गरेमा कानुनले बञ्चित गरेको बाहेक अन्य जानकारी उपलब्ध गराउनुको साथै आवश्यक सूचनाहरुलाई सूचना बोर्ड र गाउँपालिकाको वेवसाइटमा हेर्न सकिने व्यवस्था मिलाइएको बारेमा समेत जानकारी गराउनु भयो । कार्यक्रमका प्रमुख अतिथी एंव कालिका गाउँपालिका अध्यक्ष सीताकुमारी पौडेल अधिकारीले हाम्रो समाजमा अझैपनि छोरा प्रतिको मोह अझैे कायम रहेको कुरा गर्भ परीक्षण गरेर लिङ्ग पहिचान गरी भ्रुण हत्या गर्ने विषयबाट प्रष्ट हुने बताउनु भयो । चेतनशील र साक्षरता दर ७० प्रतिशतमा पुग्न लागेको भनिएको समाजमा किन गर्भ अवस्थामा लिङ्ग पहिचान गरी भ्रुण हत्या यो लैङ्गिक हिंसां हाईन र ? उहाँले प्रश्न गर्नुभयो । समाज सचेत भएर छोरीलाई राम्रो ज्वाईं खोज्नेतिर भन्दा उचित उचित शिक्षा दिई आत्मनिर्भर बनाउन सके महिला हिंसा घट्ने र विवेकशील महिलाले पुरुषमाथि हिंसा नगर्ने बताउँदै हामीले परिकल्पना गरेको लैंगिक समानता र नारामा उल्लेख गरिएको बलत्कार उन्मुलनको सपना साकार हुने कुरामा जोड् दिनुभयो ।

भ्रष्टाचारको सन्दर्भमा कुरा उठ्दा आफु एक्लिनु परेको पिडा सुनाउदै भष्टाचार प्रति शुन्य सहनशीलतालाको अभियानलाई आफुले  तिनसय ६५ दिन अभियान सन्चालन गरी राखेको बताउँदै समाजवाद डटकम् अनलाईनले स्रोत नखुलाई अभियानलाई नै निरुत्साहित गर्ने गरी भ्रामक समाचार सम्प्रेषण गरेको कुरालाई पुष्टि गर्न समेत चुनौती दिदैं आफ्नो कार्यकालमा र जीवनमा पनि व्यवहारमै उतारेको राखेको विषयलाई बोलेर भन्दा मेरो नेतृत्वलाई हेरेर मुंल्याकन गर्न र गाउँपालिकाको सुशासनमा कही कतै प्रश्न उठेमा सिधै आफुलाई सम्पर्क गर्न अनुरोध गर्नुभयो ।78806442_428779914699130_2888019757397704704_n

कार्यक्रमका सहभागिहरुले लिखित र मौखिक रुपमा राखेका प्रश्नहरूको जवाफ दिदैं अन्यायमा परेको महिलाले न्याय पाउन के गर्नुपछ ? कहाँ सम्पर्क गर्ने हो ? भन्नेमा स्पष्ट पादै हरेक गाउँपालिकाको उपाध्यक्षको संयोजकत्वमा न्यायिक समिति रहने व्यवस्था भएको हुँदा कालिका गाउँपालिकामा पनि सोहि बमोजिम समिति रहेको  र न्यायको लागि आफु सहयोग गर्न सधै तयार रहेको जानकारी गराउनुभयो ।

कार्यक्रमको अन्तयमा कार्यक्रमका सभापति एंवम् गैरसरकारी संस्था महासंघ रसुवाको अध्यक्ष विनोद लामिछानेले लैंगिक हिंसा विरुद र भष्टाचारप्रति सुन्य सहनसीलतामा महासंघ प्रतिवद्ध रहेको र सम्बद संस्थाहरुलाई समेत कुनाकाप्चा र घरघरमा पुग्ने गरी यस किसिमको गतिविधीहरु १ दिनको लागि नभई वर्षैभरि गर्न निर्देशित गरिसकिएको जानकारी दिनुभयो ।  एनजीओको बेरुजु र आर्थिक अनियमितता सम्बन्धी जानकारी किन बाहिर आउदैन भन्नेमा सवालकाे जवाफमा यस्ता किसिमको प्रबृत्ति विकास गर्न आफ्नो नेतृत्वले प्रकिया अगाडि बढाईसकेको र सम्बन्धीत गाउँपालिकामा कार्यरत संस्थाहरुको आय व्यय र कार्यक्रमको बारेमा सम्झौतामा नै उपलब्ध गराईएको हुने र सो नभएमा स्थानीय निकायलाई नियमन र सञ्चालनको अधिकार प्रदान गरिएको हुँदा गैसस सन्चालन सम्बन्धि मापदण्ड बनाई अगाडि बढ्न समेत अनुरोध गर्नुभयो ।78806442_428779914699130_2888019757397704704_n

आफ्ना हरेक कार्यक्रमको जानकारी सहित गैसस महासंघसँग समन्वय गरिराखेको र प्रत्येक कार्यक्रमको खर्च कार्यक्रममै सार्वजनिक गर्ने सामुदायिक विकास केन्द्रलाई विशेष धन्यवाद दिनुभयो । कार्यक्रमको सहजीकरण सामुदायिक विकास केन्द्र नेपालका जिल्ला कार्यक्रम अधिकृत्त राजु आचार्यले गर्नुभएको थियो ।

Comments

comments