लैङ्गिक हिंसा यौन तथा प्रजनन अधिकार बारे ३ दिने तालिम सम्पन्न

120019592_341950080452490_7733209602270223893_n

रसुवा , सामाजिक कल्याण तथा वातावरण सोसाईटी रसुवाको आयोजनामा टेवाको सहयोगमा उत्तरगया गाउँपालिकामा लैङ्गिक हिंसा  यौन तथा प्रजनन अधिकार बारे ३ दिने तालिम सम्पन्न भयो ।120262555_702872657244642_461294029508447955_n

४१ औ सामाजिक सेवा दिवसको सन्दर्भ समेत पारेर ०७७ असोज ७ देखि ९ गतेसम्म सञ्चालित तालिममा स्थानीय आमा समुह, जनप्रतिनिधी, सहकारी सामाकि संस्थामा आवद्ध ३२ जना महिलाहरु सहभागी थिए । तालिमको शुभारम्भमा गैरसरकारी संस्था महासंघ रसुवाका अध्यक्ष विनोद लामिछानेले गर्नुभएको थियो भने समापन कार्यक्रममा उत्तरगया गाउँपालिका उपाध्यक्ष चमेली गुरुङ ग्रामीण भेगमा रहेका महिलाहरुसँग लामो अनुभव रहेको र तालिमबाट प्राप्त ज्ञान र सीपको सदुपयोग गरेर समाजमा पछि परेको महिला वर्ग अघि बढ्न प्ररित गरेकाे बताउनुभयो । उहाँले राजनीति तथा अन्य क्षेत्रमा महिलालाई  नेतृत्वमा पुग्न नदिने र दिएपनि सहयोग नगर्ने र महलिाले नेतृत्व गरेको संस्थाको कार्यक्रममा नेतृत्वदायी भूमिका बोकेकाहरू सहभागी नहुने प्रतिनिधी पठाउने जस्तो समस्या देखिएको उहाँले बताउनुभयो । उहाँले कार्यक्रमका लागि स्वयकस र  दातृ संस्था टेवालाइ समेत धन्यवाद दिनुभयाे ।120127191_685837295391886_2728714816829167447_n

तालिममा प्रजनन अधिकार तथा सुरक्षित मातृत्व र कोभिड -१९ बाट सिर्जित समस्या बारे उत्तरगया गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रविन्द ठकुरी, महिला अधिकार तथा विद्यमान कानुनी व्यवस्था बारे महिला बालबालिका शाखा प्रमुख विनिता कार्की, गाउँपालिकाले गरेको लैङ्गिक हिंसा बिरुद्धको प्रयास र विद्यमान अवस्था बारे उपाध्यक्ष चमेली गुरुङ र लैङ्गिक हिंसा त्यसको स्वरुप तथा परिणमहरु बारे  सामाजिक कल्याण तथा वातावरण सोसाईटीका अध्यक्ष गायत्री रिमाल लामिछानेले सहजिकरण गर्नुभएको थियो । सहभागीहरूले कार्यक्रम प्रभावकारी रहेकाे र दातृ निकाय तथा स्वयकसलाइ रसुवा जिल्लामा  कार्यक्रम निरन्तरता दिन अनुराेध गरेका थिए । तालिम उपलब्धि मुलक रहेकाे र सिकेका कुराहरू व्यवहारमा उतार्ने प्रयास गर्ने सहभागीहरूले बताए ।

Comments

comments