लैङ्गिक हिंसा नियन्त्रणका लागी सञ्जाल गठन

धुन्चे रसुवा

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुशन्धान बिभाग महिला तथा बालबालिका सेवा निर्देशनालयको निर्देशन अनुसार रसुवामा पनि लैङ्गिक हिंसा नियन्त्रणका लागी सञ्जाल तथा कार्यकारीणी समिति गठन भएको छ ।

जिल्ला सञ्जालको संयोजकमा प्रहरी प्रमुख र सदस्य सचिवमा महिला तथा बालबालिका कार्यालय प्रमुख रहने व्यवस्था निर्देशिका अनुरुप भएको र स्थानीय सुनिता गुरुङको संयोजकत्वमा लैङ्गिक हिंसा नियन्त्रणका लागी कार्यकारीणी समिति गठनभएको हो ।

समितिका उपाध्यक्षमा देकी तामाङ, कोषाध्यक्षमा पाल्मु तामाङ, निर्मला सायमाझी, कार्साङडोल्मा तामाङ, थार्तेन तामाङ, लगायत सरोकारवाला संस्थाहरुका प्रतिनिधीहरु समेत सदस्य रहेका छन् । रसुवामा कार्यरत महिला संजाल, आमा समुह, पत्रकार मानवअधिकारकर्मी , नागरिक समाज, प्रहरी, ओरेक नेपाल, शक्ति समुह, जिल्ला बालकल्याण समितिलगायतका प्रतिनिधी सहभागी थिए ।

Comments

comments