लोकतन्त्रमा नागरिक समाज र सञ्चारजगतको भूमिका महत्वपूर्ण हुन्छः सरोकारवाला

85035276_10220226835717019_7295216692030865408_n

०७६ फागुन २ गते । लोकतन्त्रमा नागरिक समाज र सञ्चारजगतको विकासमा भूमिका हुने सरोकारवालाहरूले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) काे पारस्पारिक जवाफदेहीता परियोजना अन्तर्गत विकासका लागि नागरिक समाज तथा संचार जगतबीच सहकार्य विषयक ०७६ फागुन २ गते रसुवाको धुन्चेमा भएको विकासका लागि नागरिक समाज र सञ्चार जगतबीच सहकार्य विषयक अन्तरक्रिया कार्यक्रममा  सहभागी सरोकारवालाहरूले उक्त धारणा राखेका हुन् ।

Rasuwa1

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बाग्मती प्रदेश संयोजक कृष्ण गौतमको अध्यक्षतामा भएको कार्यक्रममा इन्सेक बाग्मती प्रदेश कार्यक्रम संयोजक गणेश भण्डारीले कार्यक्रमको उद्देश्यले तथा महत्वबारे जानकारी दिँदै भौतिक निर्माणमात्र विकास भन्ने मान्यताले समग्र विकास हुन नसक्ने बताउनु भयो । उहाँले सुशासनका लागि नागरिक समाज र सञ्चारजगतको भूमिका महत्वपूर्ण हुने बताउनु भएको थियो ।

प्रदेश संयोजक गौतमले नीति निर्माण तहमा नागरिकको सहभागिता आवश्यक पर्ने बताउँदै सरकारको काममा नागरिक निरन्तर खबरदारी आवश्यक पर्ने बताउनु भयो । उहाँले नागरिक समाजका संस्थाहरू प्नि सार्वजनिक निकाय भएकोले सबै परदर्शी र जवाफदेही हुनुपर्ने हुँदा आन्तरिक सुशासन आवश्यक रहेकोमा जोडदिनुभयो । स्थानीय तहको विकासका लागि नागरिक समाज र सञ्चारजगतबीचको सहकार्यले जवाफदेहीता बढ्ने उहाँको धारणा थियो । कार्यक्रम सञ्चालनको क्रममा इन्सेकका रसुवा जिल्ला प्रतिनिधी हेमनाथ खतिवडाले साँस्कृतिक तथा पुरातात्विक महत्वका गोम्बा, मन्दिर तामाङ संग्रहालय, सभाहल, बालमन्दिरको पुनर्निर्माण हुन नसकेको बताए ।

नेकपाका जिल्ला कमिटी सदस्य विजय लामाले भएका विकास योजनाका कामहरू पनि सञ्चारमाध्यममा नआएको र विकासका लागि स्थानीय सरकार र सञ्चारमाध्यमबीच सहकार्य हुन नसकेको बताउनु भयो । लामाले सञ्चारमाध्यममा सूचना दिने परिपाटिको विकास नभएको बताउनु भयो । उहाँले लोकतन्त्रमा नागरिक समाजमा र सञ्चार जगतको भूमिका नागरिकको चेतनासँगै भौतिक विकास निर्माणमा पनि महत्पूर्ण रहनेमा जोड दिनु भयो ।85148974_10220226838797096_5977986235648442368_n

नेपाली काङ्ग्रेसकी देवकी रैलाले रसुवागढी नाका जोडिएको सडको अवस्था निकै नाजुक छ तर यस बारे जनप्रतिनिधिको ध्यान जान नसकेको बताउनुभयो । “यही सडमा  यात्रा गर्ने जनप्रतिनिधिहरूले पनि बास्ता गरेनन् दैनिक कराडौँ राजश्व असुली गर्ने पासङल्हामुमार्ग सडकको अवस्था निकै जीर्ण छ कहिले यसबारे ध्यान पुग्ने” मुलखर्कमा सडक ढलान गर्ने क्रममा ठेकेदारले गुणस्तरहीन काम भएको देखिन्छ त्यसप्रति आवाज पनि उठाउनु प¥यो उहाँले बताउनु भयो ।Rasuwa2

यसैगरी कार्यक्रममा गोसाइकुण्ड गाउँपालिका–६ का  समाजसेवी  निर्मलंग शोर्पाले निजी आवास पुनर्निर्माणको क्रममा समस्या देखिएको कुरा सञ्चारमाध्यमले प्रभावकारी ढङ्गले उठान गर्न आवश्यक रहेको बताउनु भयो । पाँच तले मापदण्ड पुरा गरेर निर्माण भएको सात ओटा भूकम्प पीडित परिवारले अन्तिम किस्ता अनुदान नपाएको बताउनुभयो । “नक्सा स्वीकृत भएका घर पनि तेस्रो किस्ता रोकेर किन पाँच तले घर बनाएको भन्दै उल्टै सबै रमक फिर्ता गर्न पुनर्निर्माण प्राविधिकले उर्दी दिन थालेका छन” उहाँले भन्नु भयो । गोसाइकुण्ड गाउँपालिका–६ का वडा सदस्य विश्व घलेले ३ लाख रुपियाँले पनि नसकिने निजी आवास प्रवलीकरण गर्न भनेर १ लाख रुपियाँ दिने भनिएकोमा पहिलो किस्ता ५० हजार दिएपछि बाँकी अझै पाउन नसकेको बताउनुभयो ।

मानेकोर सोसाइटीका कार्यकारी निर्देशक आङछिरिङ तामाङले स्थानीय तहले योजना तर्जुमा राम्ररी गर्न नसकेको बताउनु भयो । विकास निर्माणमा अधिकांस जनप्रतिनिधि नजिकका मानिसहरूको संलग्नता रहने र जनसहभागिता नहुने समस्या देखिएको उहाँले बताउनु भयो ।

रेडियो रसुवाका अध्यक्ष तथा एकोराव बाग्मती प्रदेश कोषाध्यक्ष दीपक लामाले नागरिक समाज तथा पत्रकारले तल परेको नागरिकको आवाज उठाउन नसकेको बताउनुभयो । लामाले अझै टहरोमा बस्न बाध्य भएका भूकम्प प्रभावितहरूको प्रर्याप्त आवाज उठाउन नसकेको पहुँचका आधारमा लाभग्राही सूचिमा नाम समावेश भएको बताउँनु भयो । उहाँले अधिकाश स्थानीय तहले सार्वजनिक सुनुवाइ नै नगर्ने, मिडियामा सूचना नदिने तर आफुलाई पारदर्शी भन्ने पत्रकारलाई भने समाचार लेखेको आधारमा  धम्की आउने गरेकोले असुरक्षा बढेको बताउनु भयो ।

रसुवा चेम्बर अफ कमर्सका अध्यक्ष संजीव आमात्यले रसुवाको अध्यागमन कार्यालयले अनियमित तवरले केरुङ प्रवेश पास बनाउने तथा  नविकरण गरेको, रसुवागढी नाका व्यवस्थित हुन नसकेको यात्रुबाहक बसमा भनपरी भाडा लिने गरेको बताउनु भयो । अधिकारकर्मी सुनिता गुरुङले जिल्लामा क्रियाशील पत्रकारहरूले एकता नदेखिएको बताउनु भयो । गुरुङले गाउँगाउँमा हुने यौन जन्य हिंसाका समाचारहरू पर्याप्त समेटिन नसकेको बताउनु भयो ।

पत्रकार जयराम आचार्यले नागरिक संस्था बलियो हुनुपर्ने र यसले सरकारको निगरानी बढाउनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो “सुशासन र पारदर्शीताका लागि नागरिक समाजको दरिलो भूमिका हुनुपर्छ । सरकार नीति भित्र रहन आवश्यक छ भने नागरिकले अध्ययशील तथा आफूलाई अद्यावधिक राख्नुपर्ने” बताउँनुभयो ।86277218_10220226836877048_3933351227433156608_n

माइती नेपालकी लालुमाया घलेले रोजगारीका नाममा महिलाहरू जाेखिमयुक्त तवरले केरुङ तथा खाडी मुलुक जानुपर्ने बाध्यता रहेको बताउँदै स्थानीय तहले नीति निर्माण तथा अन्य कार्यमा पनि नागरिकको सहभागिता देखिन नसकेको बताउनुभयो ।

गैसस महासंघ जिल्ला सचिव प्रमोदकुमार तितुङ, नेपाल पत्रकार महासंघका महिला उपाध्यक्ष अनु आचार्यलगायत सहभागीहरूले सुशासन तथा अधिकारको विषयलाई पारदर्शी तथा व्यवस्थित तवरले हुनका लागि निरन्तर सहकार्य आवश्यक रहेको र सडकलगायतका सबै विकासका योजनामा नागरिक अनुगमन हुनपर्नेमा जोड दिएका थिए । कार्यक्रममा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ, सामाजि संघ संस्थाका प्रतिनिधीहरू, पत्रकारहरू सहभागिता थियो ।

Comments

comments