ल्वोसारको अवसरमा साँस्कृति कार्यक्रम

losar rasuwa (2)

रसुवा, फागुन ४ गते । ल्वोसारको अवसरमा रसुवाको कालिकास्थान नेपाल आदिवासी जनजाति संघ तथा आदिवासी जनजाति युवा महासंघको आयोजनामा राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारहरु साँस्कृतिक कार्यक्रमका साथ सम्पन्न भयो ।IMG_20180216_135251

losar rasuwa (3)
प्रतिनिधी सभा सदस्य सांसद मोहन आचार्यको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा कलाकारहरुले बेजोड प्रस्तुति गरेका थिए । कार्यक्रममा स्थानीय लामा , झाँक्री, लाखे नाच , नेवारी , तामाङ, गुरुङलगायत भेषभुषा सहित प्रस्तुति भएको थियो ।
कार्यक्रममा प्रदेश सभा सदस्य सांसद प्रेम तामाङ, प्रभात लामा, शान्ति थिङ ,प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने,  स्थानीय जनप्रतिनिधी सहभागी हुनुहुन्थ्यो । जनजातिहरुको मुख्य पर्व ल्वोसारको अवसरमा भएको साँस्कृतिक कार्यक्रममा बिभिन्न जातजाति, स्थानीयको उल्लसमय उपस्थिती रहेको थियो । कार्यक्रममा सहभागीहरु मौलिक भेषभूषा पहिरिएर आएका थिए । जिल्ला समन्वय समिति , गाउँ पालिकाबाट कर्मचारी जनप्रतिनिधीहरु सहभागी हुनुभएको थियो ।

ल्वोसारको अवसरमा आयोजित साँस्कृति कार्यक्रममा सहभागीहरु :losar rasuwa (2)

losar rasuwa (1)
तस्वीर  : सुनिल पौड्याल , हेमनाथ खतिवडाIMG_20180216_135321IMG_20180216_141925

losar rasuwa (4)

Comments

comments