वन्यजन्तुबाट खेतीबाली नष्ट हुनेलाई राहत

IMG20190906125014

रसुवा, भदौ २३ गते । उत्तरगया गाउँपालिका वडा नं ४ र ५ का १३ किसानलाई वन्यजन्तुले खेतीबालीमा नोक्सानी पु¥याए बापतको राहत बितरण भयो । निजामति सेवा दिवसकाे अवसरमा क्षतिपुर्ति बितरण गरिएकाे छ ।

बिभिन्न समयमा जंगली बँदेलले मकै खेती नष्ट गरेको थियो । क्षति मूल्यांकनको आधारमा राहत प्रदान गर्ने नीति अनुरुप लाङटाङ राष्ट्रिय निकुञ्जबाट प्राप्त राहत लहरेपौवा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष उत्तमबहादुर थापाले राहत रकम बितरण गर्नुभयो । गाउँगाउँमा खेतीबाली बादरले नष्ट गर्ने गरेको भन्दै बादरले क्षति गरेको किसानले पनि क्षतिपुर्ति दिनुपर्ने माग भएको निकुञ्ज कार्यालयले जनाएको छ । बादरले क्षति परेको राहत दिने नीतिगत व्यवस्था भने नभएको कार्यालयले जनाएको छ ।IMG20190906121156

जंगली बँदेलले मकै खेती नष्ट गरेको थियो । क्षति मूल्यांकनको आधारमा राहत प्रदान गर्ने नीति अनुरुप लाङटाङ राष्ट्रिय निकुञ्जबाट प्राप्त राहत लहरेपौवा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष उत्तमबहादुर थापाले राहत रकम बितरण गर्नुभयो । उत्तरगया गाउँपालिकाको बिमिरे, कर्मीडाडा, ढुङ्गे, मनिगाउँ, बनुवा र उपल्लोपौवाका खेतीबालीमा क्षति गरेको किसानलाई ७ देखि १० हजार रुपियाँका दरले १३ जनालाई कुल १ लाख १७ हजार रुपियाँको चेक बितरण गरिएको निकुञ्जको स्थित कालिकास्थान पोष्टका सिनियर गेमस्काउट केशवराज भेटवालले बताउनुभयो ।

IMG20190906125014
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु बिभागबाट वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ को दोस्रो संशोधन २०७४ अनुरुप बँदेलले खेतीबाली क्षति गरेमा बढिमा १० हजार रुपियाँसम्म क्षतिको मूल्यांकनको आधारमा राहत दिन सक्ने व्यवस्था छ । रसुवाको उत्तरगया, नौकुण्ड र कालिका गाउँपालिकामा वन्य जन्तुले खेती बाली नष्ट गर्नेकारण किसान समस्यामा परेका छन् । जंगली जनावर बँदेल, बादर, दुम्सीले खेती नष्ट गर्ने गरेको कालिका गाउँपालिका वडा नं ३ का पुर्ण न्यौपानेले बताउनुभयो । यसवर्ष आफ्नो बारीमा पनि बँदेलले मकै सखाप परेको उहाँले बताउनुभयो ।

गाउँगाउँमा खेतीबाली बादरले नष्ट गर्ने गरेको भन्दै बादरले क्षति गरेको किसानले पनि क्षतिपुर्ति दिनुपर्ने माग भएको निकुञ्ज कार्यालयले जनाएको छ । बादरले क्षति परेको राहत दिने नीतिगत व्यवस्था भने नभएको कार्यालयले जनाएको छ ।

Comments

comments