रसुवा, वन्यजन्तुबाट किसानले लगाएकाे खेती बाली क्षति हुनेलाइ राहत लाङटाङ राष्ट्रिय निकुञ्जले यसवर्ष १० लाख ४७ हजार रुपैयाँ राहत बितरण गरेकाे छ ।
लाङटाङ राष्ट्रिय निकुञ्जले क्षेत्रभित्र वन्यजन्तुबाट पीडित भएकालाई १० लाख ४७ हजार रुपैयाँ भन्दा बढी राहत वितरण गरिएको छ । चालु आर्थिक वर्ष २०७७/७८ को साउनदेखि हालसम्म कार्यालयले १ सय ४२ जनालाई राहत रकम उपलब्ध गराएको हो । कार्यालयमा यो अवधिमा १ सय ४४ वटा निवेदन दर्ता भएको थियो । जसमा १ सय ४२ जनालाई क्षतिको प्रकृतिअनुसार १० लाख ४७ हजार १ सय ५५ रुपैयाँ प्रदान गरिएको कार्यालयले जनाएको छ । कार्यक्रममा मध्यवर्ती उपभाेक्ता समूह , समितिकाे पदावदी सकिएकाेले पुन गठन थालिएकाे जानकारी समेत दिइएकाे थियाे ।
निकुञ्जका अनुसार गाेसाइकुण्ड, नाैकुण्ड र कालिका गाउँपालिकाकाे क्षेत्रमा बढी क्षति गरेको छ । यस क्षेत्रमा सबैभन्दा बढी बदेँल, दुम्सी, बाँदर, चितुवा, भालुले खेती बाली क्षति पुर्याउने गरेको छ । निकुञ्जको तथ्यांक अनुसार वन्यजन्तुले १ सय ४० घरधूरीको बालीनाली क्षति, एउटा पशुधन क्षति र ३ जनालाई गम्भीर घाइते बनाएको छ । निकुञ्जभित्र पछिल्लो समय वन्यजन्तुले क्षति पुर्याउने क्रम बढ्दै गएको छ । पछिल्लो समय वन्यजन्तुले मान्छेलाई आक्रमण गर्ने, घरपालुवा पशुलाई मार्ने तथा अन्नबाली खाएर हैरान बनाउन थालेपछि स्थानीय चिन्तित बनेका छन् । वन्यजन्तुले क्षति गर्न थालेपछि पीडितले खेती गर्ने तथा पशुपालन गर्ने कार्य कम हुन थालेको छ । धेरैजसो जंगली बदेलले बाली क्षति गरेको निवेदन आउने गरेको छ । वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ (दोस्रो संशोधन २०७४) अनुसार राहत वितरण गरिएको प्रमुख संरक्षण अधिकृत सुस्मा रानाले बताउनुभयाे ।
‘वन्यजन्तुले क्षति गरे अनुसार क्षतिपूर्ति दिन सकिदैन, उहाँले भन्नुभयाे , सहयोग स्वरूप राहत दिएका हौं ।’ मानव वन्यजन्तु बीच हुने द्वन्द्वका कारण संरक्षणमा चुनौति सिर्जना हुने उहाँको भनाइ छ । निकुञ्ज क्षेत्रभित्र वन्यजन्तुले क्षति गर्ने क्रम बढ्दै गएपछि यसको दीर्घकालीन विकल्पसमेत खोज्न थालिएको छ । निकुञ्जले वन्यजन्तुबाट हुने क्षति कम गर्नका लागि यस वर्ष तारजाली लगाउने, ढुङ्गाकाे पर्खाल लगाउने र चिराइतो खेती प्रवद्धर्न गर्ने कार्यक्रम अघि सारेको छ । जिल्लामा सबैभन्दा बढी बाँदरले खेती बाली क्षति गर्ने गरेपनि यसको समाधान हुन सकेको छैन । बाँदरले क्षति गरेमा राहत दिने व्यवस्था पनि नभएकोले यसको समाधानको लागि विकल्प खोज्ने कार्य भइरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रानाले बताउनुभयाे ।
निकुञ्जमा मानव वन्यजन्तु बीच द्वन्द्व हुने गरेको छ । यस विषयमा गतवर्षदेखि संबाद समूहमा छलफल हुँदै समाधान उन्मूख भएकाे थियाे । थोरै भएपनि राहत दिँदा संरक्षणमा उनीहरूले भूमिका निर्वाह गर्छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको राहत अक्षय कोषको ब्याँजबाट राहत वितरण गरिएको निकुञ्जले जानकारी दिएको छ । २०६९ सालदेखि वन्यजन्तुबाट पीडित भएका परिवारलाई राहत वितरण गर्न थालिएको हो । हात्ती, गैडा, बाघ, भालु, चितुवा, हिउँ चितुवा, जंगली बँदेल, ध्वासे चितुवा, जंगली कुकुर, अर्ना, मगर गोही, गौरी गाई र अजिंगरले क्षति गरेमा राहत पाउने निर्देशिकामा व्यवस्था छ । बाँदरले बढी खेती बालीमा क्षति पुर्याउने गरेको छ । बाँदरले खेती बालीमा क्षति पुर्याए वापत पीडितले राहत व्यवस्था नीतिमा छैन । नीतिगत रूपमा त्यसकाे व्यवस्था गर्न संबाद समूहमा लामाे समयदेखि छलफल भएकाे थियाे । संबाद समूहमा छलपफल भएपछि केही राहत पाएपनि याे समस्याकाे स्याथी समाधान भने नभएकाे किसानहरू बताउँछन् । यस अघि संबाद समूहले वन्यजन्तु तथा मानव सहअस्तित्व बारे समुदाय तथा जिल्ला तहमा छलफल भएकाे थियाे ।
Related Posts
- उत्तरगया धर्मिक क्षेत्रकाे विकासका लागि भारतिय अधिकार भेटघाट
- मनकारी”मिरा”
- नेपालमा सामाजिक न्यायकाे मुद्दा सामुहिक रुपमा उठाउनु पर्ने माग
- दुवै मृगौला समस्या उपचारमा सहयोगको लागि खनाल परिवारकाे अपिल
- ट्रिपरको ठक्करबाट मृत्यु भएको घटना छानविन गर्न माग
- नेपाल पत्रकार महासंघ रसुवाकाे पाँचाैं साधारणसभामा ३ संस्था सम्मानित