वन्यजन्तुबाट हुने क्षति नियन्त्रण गर्न किसानकाे माग

purna makki

रसुवाकाे गाउँगाउँमा वन्यजन्तुले किसानकाे खेतीबालीमा क्षति गर्न छाडेकाे छैन । कमै तथा अन्न बाली नष्ट गरिदिनाले किसान हैरानीमा गरेकाेले वन्यजन्तुबाट हुने क्षति नियन्त्रण गर्न किसानहरूले माग गरेका छन् ।

पर्यटकीय गन्तव्य लाङटाङ राष्ट्रिय निकुन्ज क्षेत्र र आसपासका स्थानमा वन्यजन्तु नियन्त्रण गर्न स्थानीयवासीले माग गरेका हुन्। नुवाकोट, रसुवा र सिन्धुपाल्चोक तीन जिल्ला समेटिएको निकुन्ज क्षेत्रबाट गाउँमा रहेका वन्यजन्तुले अन्नवाली खाने र मान्छेहरूलाई समेत आक्रमण गर्ने गरेकाले नियन्त्रण तथा रोकथामको पहल गर्न निकुञ्जसँग आग्रह गरेका हुन्।

स्थानीय र जनप्रतिनिधि सहितले वन्यजन्तुबाट प्रभावित स्थानीयले निकुञ्जबाट गाउँ छिरेका दुम्सी, बादँर, घोरल मृग, बँदेललगायतका वन्यजन्तुले किसानले आफ्ना जग्गामा लगाएको अन्न बाली धान, मकै, गहुँ, आलुमा क्षति गर्ने गरेकोले नियन्त्रण गर्ने दायित्व पनि निकुन्जकै भएको बताएका छन्।

रसुवा उत्तरगाय गापा -४ का किसान कृष्ण अाचार्यका अनुसार घरको एक जनाको त कामै खेतीमा कुरुवा बस्ने बादँर धपाउने मा खटाउनुपर्ने बाध्यता भएको छ। रसुवाका विभिन्न बस्तीहरूमा वन्यजन्तुले आक्रमण गर्न थालेपछि स्थानीयहरू समस्यामा परेका छन्।

समस्याको दीर्घकालीन समाधान खोज्न स्थानीयले मागसमेत गरेका छन्।  पहिले उत्पादित अन्न तथा तरकारी वेचविखन गरेर वालवच्चाको पठनपाठन तथा घरखर्च चलाउन पुग्नेमा अहिले जंगली जनावरले सो सवै निमिट्यान्न मात्र पारेन, ज्यानै जोगाउन मुस्किल परिरहेको किसानहरूले गुनासो गरेका छन्।

उत्तरगया गाउँपालिकाको चार सय रोपनी खेतीयोग्य जमीन वन्यजन्तुको आतंकका कारण बाँझो राख्नु परेको अर्का स्थानीय स्थानीय किसानले बताए। बाँदरले केही नराख्ने, मकै अघि अघि छर्दै गयो पछि पछि बादँरले टिप्दै खाने जस्ता समस्याका कारण गाउँलेहरूले हैरानी व्यहोर्नुपरेको किसानको गुनासो छ। बँदेलले गतवर्ष मकै खेतीमा ठूलाे क्षति गरेकाे कालिका -३ का पूर्ण न्याैपानेले बताए । थाेरै राहत पाएपनि क्षति नियन्त्रण हुन नसकेकाे उनले बताए । Makki Wild Animal (1)

बाँदर धपाउन जाने महिला तथा बालबालिकालाई समेत बाँदरले अत्याउने गरेको किसानहरू बताउँछन्। निकुञ्ज नजिक रहेका गाउँमा निकुञ्जबाट गाउँ छिरेका वन्यजन्तुले दुःख दिएपनि निकुञ्जको कडा कानुनका कारण स्थानीयहरू वन्यजन्तु धपाउनसमेत डराउनुपर्ने अवस्था रहेको स्थानीयको भनाई छ।

स्थानीय अगुवा कृषक अर्जुन अधिकारीले निकुन्जको मध्यवर्ति क्षेत्रभित्र वन्यजन्तुलाई हानी पुग्ने कुनै पनि गतिविधि गर्न नपाइने र यसको संरक्षण गर्नुपर्ने भएपनि वन्यजन्तुले नै मानव जीवनलाई प्रभावित बनाइरहेको बताए। बाँदर, बँदेल तथा मृगका कारण मानव भने भोकभोकै वस्तुपर्ने अवस्था सिर्जना भएको उनले बताए।

किसानहरूले वन्यजन्तुको कारण स्थानीयको जीविकोपार्जनमा समेत असहजता उत्पन्न भएको, सम्बन्धित पक्षले चासो नदेखाएको दुखेसो गरे। निकुञ्जका प्रतिनिधिहरूसँग धेरै पटक पीडितहरूले आफ्ना माग राखेपनि उचित रुपमा संवोधन नहुने गरेको उनीहरूको धारणा छ।

वन्यजन्तुबाट हैरानी व्यहोरेपछि स्थानीयले बैकल्पिक खेतीको रुपमा भुइँकटर, अदुवा, बेसार, तोरी समेत लगाइसकेको र सो फल समेत भित्राउन नपाएको दुःखेसो राखेका छन्। पैरेवेशी र सिम्ले फाँटमा एकहजार वटाको हाराहारीमा रहेका बांदरहरूले आफनो आहाराका लागि गाउँमा प्रवेश गाउँमा हैरानी दिन गरेको किसानहरू बताउँछन्। बाँदरले अदुवा, बेसार अखाएपनि उखेलेर नष्ट गरेकाे पाइएकाे छ ।

वफरजोन क्षेत्रमा प्लाष्टिक टनेल, बायोग्यास, गोठ सुधारमा निकुञ्जले सहयोग गर्दै आएपनि स्थानीयको तत्कालीन समस्यालाई संवोधन हुन नसकेको स्थानीयहरू बताउँछन्। बाँदर बाहेकको वन्यजन्तुले क्षति पु¥याएमा क्षतिपूर्ती दाबी गर्न पाइने भएपनि त्यसको प्रकृया झंझटिलो र लामो भएकोले स्थानीय बताउँछ्न्।

उत्तरगया गापाको -५ का वडा अध्यक्ष ईश्वर थापाका अनुसार वन्यजन्तुको संरक्षणमा सबै जुट्दै स्थानीयको मर्कालाई समाधानको लागि निकुञ्जले वन्यजन्तु धपाउने शिर्षकमा समेत बजेट खर्च गर्नुपर्ने बताउँछन्। यसका लागि आवश्यक नीति तथा योजना बनाउनुपर्ने, क्षतिपूर्ति कोष बनाउने, बाँदरबाट क्षति पुगेको बालीको पति उचित मूल्यांकन हुनुपर्ने तथा स्थानीय निकायसँगको समन्वय गर्नुपर्ने उनको भनाई छ।

बाँदर,बँदेल, दुम्सीलगायत वन्यजन्तुले धान, कोदो, करु, जौ, मकैलगायत अन्नबाली क्षति गर्ने गरेको छ भने तरकारी, फलफुलसमेत क्षति गर्ने गरेको छ । जङ्गलमा पाइने फलफुल तथा वन्यजन्तुका आहारा अभाव हुन थालेपछि वन्यजन्तु वस्ती क्षेत्रमा छ्याप्छ्याप्ती हुने गरेको किसानको बुझाई छ । कानूनी व्यवस्था अनुसार हात्ती, गैंडा, बाघ, भालु, चितुवा, हिउँ चितुवा, जङ्गली बँदेल, ध्वाँसे चितुवा, जङ्गलीकुकुर, अर्ना, गोही, गौरी गाई र अजिंगरले क्षति गरेमा राहत पाउने व्यवस्था छ । तर सबैभन्दा बढी दुःख दिने नै बाँदर हो । बाँदरले गर्ने क्षति भने राहत दिने व्यवस्था छैन । नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्पूसाङबो घले भन्छन्, यो अन्याय भयो, किसानलाई क्षतिपूर्ति दिने व्यवस्था राज्यबाट हुनुपर्छ ।

सरकारको जग्गा बाँझो राख्न नदिने नीति ल्यायो बाँदर आतङ्कका कारण ठूलो चुनौती सिर्जना भएको छ । कालिका गाउँपालिका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले संबाद समुहकाे छलफल कार्यक्रममा भने किसानको समस्या समाधान नभए उत्पादन बढ्दैन, किसानले खेतीबाली र वस्ती नै छाड्न पर्ने अवस्था आइसक्यो, यसको नियन्त्रण जरुरी छ ।

Makki Wild Animal (2)

संवाद समूहले रसुवा र नुवाकाेटमा यस अघि गरेकाे छलपफल पछि राहत पाएपनि वन्य जन्तुले किन गाउँ र खेतीमा अाउन थाले यसले गर्ने क्षति न्युनिकरण भने हुन नसकेकाेले समस्या भएकाे किसानहरूकाे गुनासाे छ । वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ (दोस्रो संशोधन २०७४) अनुसार केही राहत वितरण गरिदिने व्यवस्था छ । बाँदरले गरेको नोक्सानीको क्षतिपूर्ति दिने व्यवस्था छैन। कार्यविधिकाे व्यवस्था अनुसार राहत दिएर मात्र भएन क्षति नियन्त्रणका लागि उपाय अपनाउनुपर्ने सराेकारवालाहरू बताउछन् ।

Comments

comments