वन्यजन्तुले क्षति गर्ने ३९ जानालाई राहत

Ramche

कालिका गाउँपालिका १ राम्चे मध्यवर्ती क्षेत्र उपभोक्ता समिति राम्चे लामटाङ राष्ट्रिय निकुञ्ज कार्यालयको आयोजनमा कालिका गाउ पालिका वडा नं १ का वन्यजन्तुको क्षति स्वरुप समुदायका ३९ जानालाई सहयोग गरेको छ ।

सहयोग रकम ३ हजार देखि १० हजार रूपियाँसम्म जम्मा २ लाख ७२ हजार ५०० रुपियाँ बालिको मूल्याङकन अनुरुप सहयोग गरेको राम्चे मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका सचिव दावाफुर्वा तामाङले जानकारी दिनुभयो । कार्यक्रममा कालिका गाउ पालिकाका वडा नं १ का वडा अध्यक्ष मालफुर्पा तामाङ, कालिकास्थान रेन्ज पोष्टका रेन्जर अमृता पुडासैनी लगायतको उपस्थिति रहेको कार्यक्रममा अध्यक्षता र्निमला तामाङले गर्नुभएको थियो ।

Comments

comments