वर्ष पुस्तक आधिकारिक अभिलेखको दस्तावेजः पूर्व प्रधान्यायाधीश श्रेष्ठ

DSC_0219

०७३ फागुन ७ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले एक कार्यक्रमकाबिच नेपाल मानव अधिकार वर्ष पुस्तक २०१७ विमोचन गरेको छ । पूर्व प्रधानन्यायधीश कल्याण श्रेष्ठले फागुन ७ गते ललितपुरमा आयोजित कार्यक्रममा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१७ विमोचन गरेका हुन् ।

Photo20170218Lalitpur

कार्यक्रममा पूर्व प्रधानन्यायाधीश श्रेष्ठले मानव अधिकारको आधार नै नेपाल मानव अधिकार वर्ष पुस्तक भएको उल्लेख गर्दै पुस्तकले देशलाई ठुलो गुण लगाएको बताए । उनले २५ औँ वर्षसम्म निरन्तर वर्ष पुस्तक प्रकाश गर्नु अत्यन्तै जटिल कार्य रहेको उल्लेख गर्दै तथ्यहरूको सङ्कलन, प्रशोधन र अभिलेखीकरण गरी प्रकाशित पुस्तक अनुसन्धानमूलक र आधिकारिक अभिलेख भएको बताए ।

Photo20170218Lalitpur1

पूर्व प्रधानन्यायाधीश श्रेष्ठले देशका दुरदराजको मानव अधिकारको स्थितिलाई चित्रित गर्न र नागरिकको अधिकारको संरक्षण गर्न अगामी दिनमा पनि मानव अधिकार वर्ष पुस्तकले निरन्तरता पाउनुपर्ने बताए । उनले वर्ष पुस्तक पढेपछि नेपाली जनताको मानव अधिकार उपभोगको अवस्था आधारभूत तहमै रहेको, जीवनका न्यूनतम आवश्यकताहरूसमेत पूर्ति नभएको बारे जानकारी भएको भन्दै पुस्तकले समसामयिक विषयहरूकोसमेत उठान गरेको बताए ।

Photo20170218Lalitpur2

गौरवशाली इतिहास बोकेको मानव अधिकार वर्ष पुस्तक देशको मानचित्र भएको भन्दै पूर्व प्रधानन्यायाधीश श्रेष्ठले विभिन्न प्रतिबद्धता गरेपनि राज्यले मानव अधिकारको क्षेत्रमा काम गर्न नसकेको बताए । उनले नयाँ संविधानमा नागरिकको मौलिक अधिकारहरू बारे राम्रा व्यवस्था गरिएपनि कार्यान्वयनको पाटो शुन्य रहेको बताए । उनले नागरिकको सम्मान, संरक्षण र उपचारको हक प्रदान गर्न राज्यले नसकेको, व्यक्तिको अधिकार सुनिश्चितता गर्नु नै प्रजातन्त्र भएको बताए ।

पूर्व प्रधानन्यायाधीश श्रेष्ठले प्रजातन्त्र र विकास अन्तरसम्बन्धित रहेको र यो नै सबैभन्दा ठूलो मानव अधिकार भएको बताए । उनले आर्थिक, समाजिक तथा सांस्कृतिक अधिकारको प्रवर्धन गर्न नसकिए जनताको अधिकार संरक्षण हुन नसक्ने भन्दै व्यक्तिको स्वभिमान जोगाउनु नै मानव अधिकार भएको बताए । विभन्न चरणमा भएका राजनीतिक आन्दोलनहरू पनि मानव अधिकारको आन्दोलन नै भएको उल्लेख गर्दै पूर्व प्रधान्यायाधीश श्रेष्ठले विकास मानव अधिकार विरोधी नहुने र मानव अधिकार विकास विरोधी नहुने बताए । यी दुवै कुराबिच पारस्परिक सम्बन्ध रहेमात्रै साँचो अर्थमा मानव अधिकार सम्बर्द्धन हुने उनले बताए ।

Photo20170218Lalitpur3

श्रेष्ठले कानुनी राज्यको एक मात्र उद्देश्य भनेको अधिकारहरूको संरक्षण गर्नु भएको उल्लेख गर्दै कानुन कार्यान्वयनको प्रवृत्ति फितलो रहिरहे मानव अधिकारको स्थिति बलियो नहुने उल्लेख गरे । उनले गरिबीनै अधिकारहरूको गम्भीर उल्लङ्घन भएको टिप्पणी गरे । द्वन्द्व समाधानको मुख्य तत्व भनेकै मानव अधिकार रहेको भन्दै पूर्व प्रधान्यायाधीश श्रेष्ठले इन्सेकले प्रकाशन गर्दै आएको वर्ष पुस्तकले त्यसको पहरेदारी गरिरहेको बताए ।

Photo20170218Lalitpur4

इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले नेपाल मानव अधिकार वर्ष पुस्तकको २५ औँ वर्षसम्मको यात्रा कठिन र गम्भीर रहेको भन्दै वर्ष पुस्तक नेपालमा संस्थागत हुँदै गएको बताए । उनले नेपालका अदालतहरूमा, द्वन्द्वका घटनाहरूको अध्ययन अनुसन्धानका पुस्तक अत्यन्तै उपयोगी भएको बताए ।

अध्यक्ष प्याकुरेलले प्राथमिक स्रोतबाट आएका विश्वसनीय घटना तथा सूचनाको आधारमा मानव अधिकार वर्ष पुस्तक प्रकाशन गरिने जनाउँदै सत्य तथ्य सूचनाविना मानव अधिकारको वकालत गर्न नसकिने बताए ।

वर्ष पुस्तकको निरन्तरताप्रति नेपाली नागरिक, मानव अधिकारकर्मी, राजनीतिज्ञ, सञ्चारकर्मीप्रति आभार व्यक्त गर्दै अध्यक्ष प्याकुरेलले व्यवहारिक धरातलमा आधारित रहेर प्रकाशित भएको वर्ष पुस्तकले जिल्लाका शान्ति समितिहरू र राष्ट्रिय मानव अधिकार आयोगको कार्ययोजनालाई सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

Photo20170218Lalitpur5

उनले नेपाल मानव अधिकार वर्ष पुस्तकमाथि पटक-पटक अन्तर्राष्ट्रिय विज्ञहरूले अध्ययन, अनुसन्धान मुल्याङ्कन गरेको भन्दै पुस्तकले राज्यका तीन ओटै अङ्गको निष्पक्ष विवेचना गरेको बताए । नेपालमा मानव अधिकारको विषयमा बेला-बेलामा अपब्याख्या समेत हुने गरेको अध्यक्ष प्याकुरेलको भनाइ छ ।

कार्यक्रममा वर्ष पुस्तकमाथि टिप्पणी गर्दै द्वन्द्वविद डा. विष्णुराज उप्रेतीले निरन्तर रूपमा मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्दा मानव अधिकार हनन्को घटनामा कमी ल्याउन मद्धत गरेको बताए । उनले प्राथमिक स्रोतको प्रयोग गरी सत्य तथ्य सूचनाको आधारमा समसामयिक विषयको उठानले मानव अधिकारको प्रवर्धन गर्न सहयोग गरेको बताए । उप्रेतीले पुस्तकमा राखिएका विषयहरू महत्वपूर्ण रहेको भन्दै पुस्तकले समग्र न्यायापालिका, कार्यपालिका र व्यवस्थापिकाको अवस्था बारे प्रष्ट पारेको बताए ।

द्वन्द्वविद् उप्रेतीले अन्तर्राष्ट्रिय स्तरमा नेपालले गरेका प्रतिबद्धताहरूको पालना भए/नभएको बारे अगामी प्रकाशनमा उल्लेख गर्न सुझाव दिँदै सङ्क्रमणकालीन न्याय व्यवस्थापनका लागि गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको कामकारबाहीको बारेमा समेत वर्ष पुस्तकमा उल्लेख गरी आयोगको कामलाई सफल पार्न सहयोगी भूमिका निर्वाह गनुपर्ने बताए । उनले न्यायको सुनिश्चितता गरेमात्र मानव अधिकारको प्रवर्धन हुने बताए ।

इन्सेकका संस्थापक अध्यक्ष तथा राष्ट्रपतिका राजनीतिक विज्ञ सुशील प्याकुरेलले प्रत्येक वर्ष मानव अधिकार वर्ष पुस्तक थप विकसित हुँदै आएकोप्रति इन्सेक नेतृत्वप्रति आभार व्यक्त गर्दै वर्ष पुस्तकले नेपाली समाजको अवस्थालाई चित्रित गरेको बताए । उनले नेपालको राजनीतिक अवस्था, विधिको शासनको स्थिति, मानव अधिकारको स्थितिलगायतका विषयबारे पुस्तकले जानकारी दिएको भन्दै आगमी पुस्तक नयाँ संविधानले व्यवस्था गरेअनुरुपको प्रादेशकि ढाँचामा प्रकाशन गर्नुपर्नेमा जोड दिए ।

नर्वेजियन राजदुत केजेल टोर्माड पिटरसनले समावेशिता, समानता, स्वतन्त्रता र नागरिकको आधारभूत अधिकार नै मानव अधिकारको प्रमुख विषय भएको भन्दै सङ्क्रमणकालिन न्याय व्यवस्थापनका लागि गठित आयोगहरूको साथै सरकारी तथा गैरसरकारी सङ्घसंस्थाहरूलाई प्रकाशित वर्ष पुस्तक महत्वपूर्ण दस्तावेज हुने विश्वास व्यक्त गरे । उनले मानव अधिकार सधैँ प्रजातन्त्रको मुल्य र मान्यताबाट निर्देशित हुनुपर्ने भन्दै नेपालको मानव अधिकार विकासका लागि सदैव सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले नेपाल मानव अधिकार वर्ष पुस्तकबारे सङ्क्षेपमा चर्चा गर्दै सन् २०१६ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ४ हजार ५ सय २ जना पीडित भएको बताए । जसमध्ये गैर राज्यपक्षबाट ५ हजार १ सय २२ जना र राज्य पक्षबाट १ हजार २ सय ३५ जना मानव अधिकार उल्लङ्घन भएको उनले जानकारी दिए ।

DSC_0266कार्यक्रममा प्रत्येक वर्षझैँ यस वर्षपनि इन्सेक प्रतिनिधिहरूमध्येबाट दाङका जयनारायण पुनलाई सर्वोकृष्ट र रसुवाका हेमनाथ खतिवडालाई उत्कृष्ट प्रतिनिधको पुरस्कार प्रदान गरिएको थियो । इन्सेकले देशभरबाट चार जनालाई उत्कृष्ट र एक जनालाई सर्वोत्कृष्ट प्रतिनिधिका रूपमा पुरस्कृत गर्ने गरेको छ । इलामकी कोकीला ढकाललाई विराटनगरमा, बाग्लुङकी सिर्जना पन्तलाई पोखरामा र बैतडीका नरिदत्त बडुलाई धनगढीमा आयोजित कार्यक्रममा पुरस्कार प्रदान गरिएको थियो ।

विवेक ढुङ्गाना

वर्ष पुस्तकले न्यायको पक्षमा काम गर्न हौसला थपेको छः न्यायाधीश पोखरेल

नेपाल मानव अधिकार वर्ष पुस्तकले न्यायका पक्षमा काम गर्न हौसला थपेको न्यायाधीश कमलप्रसाद पोखरेलले बताए । नेपालगञ्जमा फागुन ७ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०१७ को सार्वजनिकीकरण कार्यक्रममा न्यायाधीश पोखरेलले उक्त कुरा बताएका हुन् ।

Photo20170218Banke1

उनले मानव अधिकार संरक्षण र सम्बर्द्धनमा राज्यको दायित्व भएको बताउँदै न्यायालय सुधारको क्रममा रहेको उल्लेख गरे । न्यायाधीश पोखरेलले वर्ष पुस्तकमा न्यायापालिका, कार्यपालिका र व्यवस्थापिकाको समीक्षाले जनताको पक्षमा भएका राम्रा कामको मूल्याङ्कन गरी सुधार गर्ने आधार भएको बताए ।

Photo20170218Banke

प्रमुख जिल्ला अधिकारी रवीलाल पन्थले कुनै पक्षबाट मानव अधिकार ज्यादती र उल्लङ्घन गर्न नहुने बताउँदै सबै घटनाको जवाफदेहीता राज्य पक्षको हुने बताए । आगामी दिनमा यस्ता घटना दोहोरिन नहुने बताउँदै सबै निकायमा सुधारको आवश्यकता रहेको बताए । मानव अधिकारको संरक्षण र सम्बर्द्धनमा राज्यले मानव अधिकार कार्ययोजना सुरु गरेको पन्थको भनाइ छ ।

अञ्चल प्रहरी कार्यालयका एसएसपी महेशबिक्रम शाहले मानव अधिकार संरक्षणमा राज्यपक्ष संवेदनशील रहेको बताउँदै जबसम्म वैज्ञानिक उपकरण भित्रिँदैन तबसम्म मानव अधिकार संरक्षणमा प्रहरीलाई बाधा पुग्ने बताए । उनले व्यक्तिगत कमजोरीका कारण प्रहरी पनि मानव अधिकार संरक्षण र सम्बर्द्धनमा चुकेको बताउँदै घटनामा संलग्न प्रहरीलाई कारवाहीको दायरामा ल्याइएको बताए ।

Photo20170218Banke2

राष्ट्रिय मानव अधिकार आयोगका क्षेत्रीय निर्देशक मुरारीप्रसाद खरेलले महिला हिंसाका घटना डरलाग्दो रूपमा आएको बताए । उनले आगामी दिनमा मानव अधिकारको नीति कार्यान्वयन नगर्ने पक्ष वा व्यक्तिका बारेमा पनि अभिलेखीकरण गनुपर्ने सुझाव दिए ।

नेपाल वार एशोसिएसनका केन्द्रीय उपाध्यक्ष शालिकराम सापकोटाले वर्ष पुस्तक सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई प्रमाण जुटाउने आधारको रूपमा रहेको बताए ।

मानव अधिकार एलाइन्सका केन्द्रीय उपाध्यक्ष सुरेश गौतमले वर्ष पुस्तक सरकारी निकायको जवाफदेहीताका लागि उपयोगी भएको बताए । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य झलक गैरेले नयाँ ढङ्गले आम नागरिकलाई अधिकार सम्पन्न गर्ने गरी मानव अधिकारको दस्तावेजीकरण इन्सेकले गरेको बताए ।

द्वन्द्वपीडित तथा एकल महिला सञ्जालकी अध्यक्ष एकमाया विकले सबै पीडितको भावनालाई समेटनेगरी सम्बन्धित आयोगलाई झक्झक्याउन इन्सेकले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताइन् ।

इन्सेक मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक भोला महतले मानव अधिकारको अवस्था प्रस्तुत गरे । उनले विगत वर्षको तुलनामा यस वर्ष मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा कमी आएको बताए ।

विनोद पाण्डे

सुदूरपश्चिममा ४ सय ९३ जना पीडितः वर्ष पुस्तक

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१७ मा सुदूरपश्चिमका नौ जिल्लामा भएका विभिन्न घटनामा परी ४ सय ९३ जना पीडित भएको उल्लेख गरिएको छ ।

Photo20170218Kailali

धनगढीमा फागुन ७ गते आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक २०१७ को सार्वजनिकीकरण कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।

Photo20170218Kailali2

कार्यक्रममा इन्सेक सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक खडकराज जोशीले नेपाल मानव अधिकार वर्ष पुस्तक २०१७ मा समेटिएका विषयवस्तु र सुदूरपश्चिमको मानव अधिकारको अवस्थाका बारेमा जानकारी दिएका थिए ।

Photo20170218Kailali1

मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा गत वर्षको तुलनामा यस वर्ष ६१ जनाले कमी आएको संयोजक जोशीले बताए । ‘यस वर्ष सुदूरपश्चिमाञ्चल क्षेत्रमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ४ सय ९३ जना पीडित भएको अभिलेख छ । गत वर्ष त्यस्ता घटनाबाट ५ सय ५४ जना पीडित भएको अभिलेख गरिएको थियो ।’-संयोजक जोशीले भने ।

Photo20170218Kailali3

कार्यक्रममा जिल्ला अदालत कैलालीका न्यायाधिस धनसिंह महराले आगामी दिनमा मानव अधिकारको क्षेत्रमा काम गर्दा घटनाहरूको सुक्ष्म अध्ययान गर्नु पर्ने र वर्ष पुस्तकमा खाद्यान्न, स्वास्थ्य, शिक्षालगायतका नागरिकहरूका आधारभूत अधिकार हनन् भएका तथ्याङ्कसमेत समावेश गर्नु पर्ने सुझाव दिए ।

इन्सेक सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालय, धनगढी

वर्ष पुस्तकले मानव अधिकार संरक्षणमा जोड दिनु पर्छः मुख्य न्यायधीश डा. भुर्तेल

उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश कुलरत्न भुर्तेलले मानव अधिकार उल्लङ्घनका पक्षलाई मात्र नहेरी मानव अधिकार संरक्षण हुन नसकेका विषयलाई पनि हेरिनुपर्नेमा जोड दिएका छन् ।

Photo20170218Morang1

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१७ विराटनगरमा फागुन ७ गते सार्वजनिक गर्दै सो कुरा बताएका हुन् ।

उनले नेपालको संविधानले मानव अधिकारका सुन्दर पक्ष धेरै राखिदिएपनि त्यसको प्रत्याभूत हुने कुरालाई सुनिश्चित गर्न निकै असहज हुनसक्ने भएकाले त्यसतर्फपनि इन्सेकले ध्यान दिनुपर्ने बताए । उनले संविधानले प्रत्याभूत गरेको ३१ वटा मौलिक हकको बारेमा आम जनतालाई सुसूचित गर्न इन्सेकको पनि पहल होस भन्दै त्यसका लागि आग्रहसमेत गरेका थिए ।

Photo20170218Morang2

वर्ष पुस्तकले धेरै पक्षलाई समेटेकोले यसको आफ्नै महत्व रहेको छ भन्दै मुख्य न्यायधीश डा. भुर्तेलले इन्सेकले तल्लो तहका जनतासम्म पुस्तक पुर्‍याउन नसकेता पनि पुस्तकको सार कुरालाई पुर्‍याउन सक्नुपर्ने सुझाव दिए ।

Photo20170218Morang4

महिला र बालबालिकाको कुरा धेरै उठेको तर त्यो भन्दा बढी प्रभावित ज्येष्ठ नागरिकको सवालमा कसैले चासो नलिएको र नउठाएकोले अबका दिनमा ज्येष्ठ नागरिकको सवाललाई पनि महिला र बालबालिकासँगै लिएर जानुपर्ने उनको भनाइ थियो ।

त्यसैगरी कार्यक्रममा नेकपा (एमाले)की केन्द्रीय सदस्य डा. शिवमाया तुम्वाहाम्फेले वर्ष पुस्तक २०१७ मा महिला र बालबालिकाको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अधिक भएको चर्चा गर्दै त्यसको न्यूनिकरणतर्फपनि सोच्नु पर्ने बेला आएको बताइन् । उनले यस विषयमा राज्य र विभिन्न निकायले गम्भीरतापूर्वक लिँदै आउँदा दिनमा यस्ता घटनामा कमी ल्याउन र वर्ष पुस्तकको आकारलाई सानो बनाउनेतर्फ ध्यान पुर्‍याउन ध्यानाकर्षण गराइन् । ‘यसका लागि सबै पक्षको खवरदारी आवश्यक रहेको छ’-उनले भनिन् ।

Photo20170218Morang3

सङ्घीय समाजवादी फोरमका केन्द्रीय सदस्य तथा पूर्व सभासद जयराम यादवले एक शताव्दी नबित्दै नागरिकले धेरै किसिमका आन्दोलन गर्नु परेको र त्यसले नागरिकको अधिकारमासमेत असर परिरहेको चर्चा गर्दै आन्दोलन गर्ने पक्षले भौतिक र मानवीय क्षति नहुने गरी आन्दोलन गर्नेतर्फसचेत हुनुपर्ने बताए । आफ्नो अधिकारको खोजी गरिँदा अरूको अधिकारको दायरालाईसमेत मिच्न नहुने उनको भनाइ थियो ।

Photo20170218Morang

एकीकृत माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा विराटनगर नगर इन्चार्ज नमिता न्यौपानेले हत्या र अपहरणको विषयलाई मात्र मानव अधिकारको विषय बनाएर हेर्न नहुने बताइन् । उनले स्वास्थ्य उपचार नपाएर र खान नपाएर भोकको कारणले मृत्यु भएको कुरा मानव अधिकारभित्र समेटेर लैजानुपर्नेमा जोड दिइन् । यी सवालमा राज्यले अझै परिपूर्ति गर्न नसकेको बताउँदै उनले यसका लागि नागरिक दबाव आवश्यक रहेको बताइन् ।

इन्सेक पूर्वाञ्चल क्षेत्रीय कार्यालय, विराटनगर

पोखरामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१७ सार्वजनिक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यलय पोखराले फागुन ७ गते एक समारोहका बिच नेपाल मानव अधिकार वर्ष पुस्तक २०१७ को सार्वजनिक गरेको छ । पोखरामा आयोजित कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौडेलले वर्ष पुस्तक २०१७ सार्वजानिक गरेका हुन् ।

Photo20170218Kaski

कार्यक्रममा आयोगका सदस्य गोविन्द शर्मा पौडेलले राष्ट्रिय मानव अधिकार आयोगसँगै मानव अधिकारको संरक्षणका र सम्बर्द्धनका लागि इन्सेकले पनि समन्वयकारी भूमिका खेलेको भन्दै खुसी व्यक्त गरे ।

Photo20170218Kaski1

पौडेलले वर्ष पुस्तकलाई ग्रामीण तहका विद्यालय तथा नागरिकसम्म पुर्‍याउनु पर्ने बताए । त्यस्तै नेपालमा राजनीतिक अस्थिरताका कारणले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना बढ्दै गएको र नेपालले विभिन्न सन्धि तथा महासन्धिमा हस्ताक्षर गरेपनि कार्यन्वयन नहुँदा नागरिकले मानव अधिकार प्रत्याभूतिको महसुस गर्न नपाएको बताए । आयोगका सदस्य पौडेलले आगामी दिनमा इन्सेकले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारका बिषयलाई वर्ष पुस्तकमा थप प्राथमिकता दिएर समेट्नु पर्ने सुझाव दिए ।

Photo20170218Kaski2

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले गैरसरकारी संस्था भएर पनि सरकारसँग सहकार्य गरी दण्डहीनताको अन्त्य र कानुनी शासनको पालनामा सहयोग पुर्‍याएकोमा इन्सेकको भूमिका सरहानीय भएको बताए ।

कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रको अवस्था प्रतिवेदन प्रस्तुत गर्दै हरेक वर्ष फागुन ७ गते सार्वजनिक गरिने पुस्तकमा अंग्रेजी वर्ष र देशभरमा घटेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना समेटेर वर्ष पुस्तक प्रकाशन गरेको इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक शिव खकुरेलले बताए  ।

Photo20170218Kaski3

पश्चिमाञ्चल क्षेत्रमा सन् २०१६ को एक वर्षको अवधिमा राज्यका पक्षबाट १३ महिला र ७८ पुरुष गरी ९१ जना र गैर राज्यपक्षबाट ५ सय ६७ महिला र ९२ पुरुष गरी ७ सय ४० जना व्यक्ति पीडित भएको वर्ष पुस्तकमा उल्लेख गरिएको छ ।

कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रबाट उत्कृष्ट जिल्ला प्रतिनिधिका रूपमा बागलुङ जिल्ला प्रतिनिधि सिर्जना पन्तलाई नगद र प्रमाणपत्रसहित सम्मान गरिएको छ ।

सङगीता भाट

ईन्सेक अनलाईनबाट

Comments

comments