वाम गठबन्धनका आधा दर्जन मोटरवाईक आगजनी, गाउँमा आतंक

lantang-logo (1)

रसुवा , मंसिर ३ गते । निर्वाचन प्रचारको क्रममा वाम गठबन्धनको आधा दर्जन मोटरसाईकलमा र एक गाडीमा साँझ ६ बजे पार्वतीकुण्ड गाउँ पालिकाको ग्रे गाउँमा आज्ञात समूहले आगजनी गरेका छन् ।

पार्वतीकुण्ड गाउँ पालिकाको ग्रे गाउँ वाम गठबन्धनका युवाहरु चढेको ६ वटा मोटरसाईकल र एक स्कोरपिओमा लोकतान्त्रिक गठबन्धन पक्षबाट आक्रमण भएको नेकपा एमालेका स्थानीय नेता पेम्बा लामाले बताए ।

आक्रमण कसले गरेको भन्ने नखुलेको प्रहरीले जनाएको छ । एमालेले भने नेपाली काँग्रेका युवाहरुको एक समूहले आक्रमण गरेको जनाएको छ । एक्कासी सवारी साधनमा आगजनी गरेपछि गाउँमा त्रास फैलिएको छ । घटना पछि पुरै गाउँ आतंकित भएको र गाउँलेहरुले गाउँ छाडेर हिडेको स्थानीयले बताएका छन् ।

प्रहरीले भने चारवटा वाईक आगजनी भएको सूचना आएको जनाएको छ । घटनामा संलग्नहरु फरार रहेको र दोषीहरुको खोजी गर्न प्रहरी परिचालन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक ध्रुब सिलवालले बताए । घटनाको अनुशन्धान गरी कानूनी कारवाही गरिने जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । घटनाको बिस्तृत बिबरण भने भोली आउने उनले बताए ।

वाम गठबन्धनको पल्लाभरी बन्दै गएपछि काँग्रेसले गाउँ गाउँमा बर्बर आतंक मच्चाएको नेकपा (माओवादी केन्द्र) का नेता माधव लामिछाने “समिर”ले बताए ।

Comments

comments