वार्षिक उत्सव तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न

kalika h (2)

कालिकास्थान, हामी सवैको ईच्छा , अनिवार्य र निःशुल्क शिक्षा भन्ने नारका साथ कालिका हिमालय माविको वार्षिक उत्सव तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न भयो ।

शैक्षिक प्रोत्साहन तथा अभिभावक भेलामा शैक्षिक गुणस्तर विकास कसरी गर्न सकिन्छ भन्ने बारे अन्तक्र्रिया समेत भएको थियो । कालिका गाउँ पालिकाको आयोजनामा भएको कार्यक्रममा कालिका हिमालय मावि व्यवस्थापन समितिका अध्यक्ष मेघनाथ घिमिरेद्धारा सञ्चालित कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख कुलप्रसाद भट्ट, कालिका गाउँ पालिका अध्यक्ष सीत अधिकारी, उपाध्यक्ष भवानी न्यौपाने , नौकुण्ड गाउँ पालिका उपाध्यक्ष सिर्जना लामा, वडा अध्यक्ष पुष्पराज न्यौपाने, विद्यालय व्यवस्थापन समितिकातर्फबाट ठाकुर देवकोटा, नेपाल शिक्षक महासंघका मोचनाथ न्यौपाने, जिल्ला शिक्षा कार्यालयका स्रोत ब्यक्ति बासुदेव लामिछाने, अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष गुणराज पौडेल, नीलकण्ठ नमुना माविका प्रधानाध्यापक नारायण देवकोटा, निजि विद्यालयका तर्फबाट कृष्णबहादुर तामाङलगायत शिक्षकहरुले आफ्नो धारणा राख्नुभएको थियो ।kalika h (1)

कार्यक्रममा कालिका गाउँ पालिकाले बाल शिक्षक तथा विद्यालयका सहयोगीलाई पोशाक तथा पुरस्कार बितरण समेत गरेको थियो । कार्यक्रममा अतिथिलाई मायाको चिनो , गतवर्ष पुरस्कृत हुने विद्यार्थीहरुलाई पुरस्कार बितरण भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले मनोरन्जनात्मक नृत्यहरु प्रस्तुत गरेका थिए ।

Comments

comments